डी आइ डी लिटिल मास्टर तेरियालाई नागरिक सम्मान

असार १४ । काठमाडौं, भारतिय टेलिभिजन च्यानल जिटिभीको रियालिटी सो डान्स इण्डिया डान्समा र्सवाधिक भोट प्राप्त गरी स्टार बनेकी नेपाली छोरी तेरिया फौजा मगरलाई काठमाण्डौस्थित राष्ट्रिय सभागृहमा आयोजित भब्य कार्यक्रममा नागरिक सम्मान गरिएको छ ।

भारतिय टेलिभिजन च्यानल जिटिभीको रियालिटी सो डान्स इण्डिया डान्समा र्सवाधिक भोट प्राप्त गरी स्टार बनेकी नेपाली छोरी तेरिया फौजा मगर काठमाडौं आएकी छन्। एयर इन्डिया को जहाजबाट साढे दुई बजे काठमाडौं  उत्रेकी तेरियालाई स्वागत गर्न  त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा उनका प्रसंशकहरुको ठूलो भीड लागेको थियो।
तेरिया आउने सूचना पाएपछि बिहानदेखि नै तेरियाका उनका प्रसंशकहरुको त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा भिड जम्मा भएको थियो ।  नेपाली चेली तरियालाई आज दिन लागिएको नागरिक सम्मान ग्रहण गर्न उनी काठमाण्डौ आएकी हुन । आजै उनलाई काठमाण्डौस्थित राष्ट्रिय सभागृहमा आयोजित भब्य कार्यक्रममा नागरिक सम्मान गरिएको छ ।
१२ वर्षीया नेपाली बालिका तेरिया फैजा मगर भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स डीआईडी लिटिल मास्टर्स सिजन ३ को उपाधि चुमेकी थिइन। गत असार ७ गते शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी थिइन।उपाधीसँगै तेरियाले भारतीय रुपैया १० लाख र एउटा शानदार कारसमेत पाइन्।

विगत पाँच महिनादेखि भारतको मुम्बइमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन।डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।

सम्बन्धित शिर्षकहरु