पप स्टार म्याडोनाले डिस्क्लोसरसँगै काम गर्ने

अमेरिकी पप स्टार म्याडोनाले बेलायतको इलेक्ट्रोनिक ब्यान्ड ‘डिस्क्लोसर’ सँग काम गर्ने संकेत गरेकी छिन्।

म्याडोनाले हालै मात्र न्युयोर्कमा उक्त ब्यान्डको कन्सर्टमा सहभागिता जनाएकी थिइन्।

सन् २००५ को ‘हंग अप’ गीतका कारण अहिलेसम्म चर्चामा रहेकी म्याडोनाले बेलायती नर्तक गाई तथा होवार्ड लरेन्सको ब्यान्डसँग सहकार्य गर्न लागेकी हुन्।

ती दाजुभाइको हालैको प्रस्तुतिलाई नजिकबाट नियालेपछि म्याडोना उनीहरूसँग काम गर्न तयार भएकी हुन्। इन्स्टाग्राममार्फत म्याडोनाले हालै आफूसहित ती दुई संगीतकर्मीको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्- ‘जगमगाइरहेका छन्। पूर्ण डिस्क्लोसर…नृत्य, आनन्द र जिन्दगी’।

सम्बन्धित शिर्षकहरु