ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एकै परिवारका ५ जना सहित ६ जनाको ज्यान गएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा शनिबार राति उपचारको क्रममा उदयपुर त्रियुगा नगरपालिका वडा ९ की शिवमाया राईको ज्यान गएपछि शव लिएर घर फर्कँदै गरेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ सहित ६ जनाको ज्यान गएको हो ।दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका सुनसरीले जनाएको छ ।

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सातै जनाको ज्यान गएको हो । विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु