८ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

विमानस्थलमा नियमित जाँचका क्रममा गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आएका थिए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु