मर्जपछि ठूलो बैंक बन्दै ग्लोबल आईएमई, बैंकको एकिकृत कारोबार मिति तय

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकको मर्जर प्रक्रिया पूरा भएको छ ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकले एकिकृत कारोबार आगामी मंसिर २० गतेदेखि हुने भएको छ।मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ।

मर्जपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ । मर्जपछि बैंकको चुक्तापूँजी रू। १९ अर्ब पुग्नेछ । बैंकको शाखा देशको ७७ ओटै जिल्लामा पुग्ने छ । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।

मर्जपछि अध्यक्षमा ग्लोबल आइएमईका हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओमा जनताका सीईओ परशुराम कुँवर क्षेत्री हुनेछन् । ग्लोबल आईएमईका हालका कार्यवाहक सीईओ महेश शर्मा ढकाल भने वरिष्ठ डीसीईओ हुनेछन् । त्यस्तै, सञ्चालकमा समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

सम्बन्धित शिर्षकहरु