आफूखुसी एन्टिबायोटिकको प्रयोग बढ्दै,रोगमाथि औषधीको प्रभाव घट्दै

काठमाडौं । विश्वमा एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दै गएको छ । जथाभावी एन्टिबायोटिकको प्रयोगले विभिन्न रोगमाथि औषधीको प्रभाव घट्दै गएको पाईएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको आँकडा अनुसार एन्टिबायोटिकको जथाभावी प्रयोगकै कारण सन् २०५० सम्ममा एक करोड मानिसको मृत्युको कारण एन्टीबायोटिक्स रेजिस्टेन्स हुन सक्नेछ ।

पहिला प्रभावकारी भएको एन्टीबायोटिक्सले अब त्यहीँ ब्याक्टेरियामा काम गर्न नसक्ने अवस्था आईसकेको छ। ब्याक्टेरियाले एन्टीबायोटिक्ससँग लड्ने क्षमता बिकास गरिसकेको छ। जसलाई एन्टीबायोटिक्स रेसिस्ट्यान्स भनिन्छ। ब्याक्टेरियाले नयाँ क्षमता वृद्धि गरी एन्टिबायोटिकलाई व्य्वस्थापन गर्दैछ।

हाल विश्वमा एन्टिबायोटिक औषधीले काम नगर्दा प्रत्येक ४५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । सन् २०५० सम्ममा कुनै पनि एन्टिबायोटिक औषधीले मानिसको शरीरमा काम नै गर्न छाड्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

औषधी पसलहरुले जथाभावी रुपमा एन्टिबायोटिक औषधी बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको छ । विश्व स्वास्थ्य संगठनकै अनुसार एन्टीबायोटिक्सका जथाभावी प्रयोगकै कारण हाल विश्वमा एन्टी माइक्रोबायल रेजिस्टेन्ट पैदा भैरहेको छ, जसको कारण एन्टीबायोटिकको असर हुन छाडेको छ ।

कतिपय मुलुकमा एन्टिबायोटिक प्रयोगका लागि छुटै निती बन्ने क्रममा छ । तर, नेपालमा एन्टीबायोटिकस सम्बन्धि कुनै नितिनियम नहुँदा सामान्य रुघाखोकीमा पनि मानिसहरु एन्टीबायोटिक्सको प्रयोग गर्छन् ।

खेतिपाती गरिएको जमिन मा किटाणु, किरा, फट्याङग्राले सब्जी बालिको नाश नगरुन् भन्ने आशयले किटनाशर्क एन्टीबायोटिक्सको प्रयोग गरिन्छ तर जथाभावी ढंगले तिनिहरुको प्रयोग हुँदा एन्टीबायोटिक्स रेसिस्ट्यान्सको झनै वृद्धि भएको छ ।

के हो एन्टिबायोटिक रेसिस्ट्यान्ट

एन्टिबायोटिक रेसिस्ट्यान्ट भन्नाले एन्टिबायोटिकको सही प्रयोग नहुँदा बिस्तारै बिस्तारै त्यहाँ भएको ब्याक्टेरियाहरूले आफूभित्रको शरीरमा केही प्रकारको परिवर्तन ल्याउनु हो ।

सो परिवर्तनले ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्न सक्ने क्षमता विकास गर्छ, जसले गर्दा सोही एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा कुनै पनि फाइदा हुँदैन ।

हाम्रो स्वास्थ्यमा देखिएको रोगप्रति एन्टिबायोटिकको लड्न सक्ने क्षमता हुँदैन । यसलाई एन्टिबायोटिक रेसिस्ट्यान्ट भनिन्छ ।

अबका दिनमा बिस्तारै सबै एन्टिबायोटिकको ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता पूरै ह्रास भएर आउँछ । यसको मुख्य कारण एन्टिबायोटिकको दुरुपयोगको हो ।

आफूखुसी एन्टिबायोटिक

नेपालको सन्दर्भमा भने रुघाखोकी लाग्दा समेत एन्टिबायोटिक खाईदिने चलन रहेको छ । हामी छिटो र सजिलोका लागि एन्टिबायोटिक चपाउँछौ । जबकी यसको असर निकै भयानक छ ।

सामान्य शारीरिक समस्या आउनसाथ चिकित्सकले एन्टिबायोटिक थमाइदिन्छन् । हामी पनि कुनै दुख बिराम हुनसाथ एन्टिबायोटिक चलाउँछौ । एन्टीबायोटिक्सको प्रयोग गर्नु पूर्व चिकित्सकको सल्लाह अनिवार्य छ ।

चिकित्सका अनुसार, सही मात्रामा र आवश्यकता बमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकले नकारात्मक असर गर्दैन । क्यान्सर, मधुमेह, मुटु रोग लगायतका दीर्घरोगी भने जथाभावी एन्टीबायोटिक प्रयोगबाट बढी जोखिममा हुन्छन् ।

सामान्यतयाः चिकित्सकले प्रेस्क्राइब गर्ने एन्टीबायोटिक्सको पूरा डोज पाँच देखि सात दिनको हुन्छ ।

विना पूरा डोज एन्टीबायोटिक्स बीचमै छोडेको खण्डमा यसले रोगको वैक्टेरिया पूर्णतया खतम हुँदैन । र, पछि यही वैक्टेरियाले प्रतिरोध पैदा गर्दछन् ।

सम्बन्धित शिर्षकहरु