सूर्यमनी र पुरुषोतमले ल्याए ‘लौन कान्छी खै’

काठमाडौं । सूर्यमनी आचार्य र युवा समाझसेवी पुरुषोतम धितालको संयुक्त प्रस्तुती रहेको प्रेमभाव झल्कने गीत “ लौन कान्छी खै ”बजारमा आएको छ । निरन्तर रुपमा गीत संगीत क्षेत्र कर्मथलो बनाउँदै आइरहेको आचार्यको गीत मामा भान्जा यू ट्यूब च्यानल मार्फ़त बजारमा आएको हो ।

डेढ दशक लामो समय देखि निरन्तर गीत संगीत क्षेत्रलाइ अंगाल्दै संगीत जगत लाइ माया गर्दै आएका सूर्यमनी आचार्यले एक सय भन्दा धेरै गीतमा आवाज दिएका छन ।

आफ्नै प्रस्तुति रहेका दर्जनौ एल्बम बजारमा ल्याउने क्रममा छन । भर्खरे मात्र पानी खाने तिर तीरे धारो बोलको गीत निकालेर अझ आफ्नो सागीतिक यात्रा उचाईमा पुर्याएका सूर्यमनी आचार्यले फेरि नयाँ “ लौन कान्छी खै ” सार्वजनिक भएको छ । मिठो लय र मौलिक बाजा समाबेश उक्त गीतमा सूर्यमनी आचार्य र पुरुशोताम धिताल साथै सुमधुर स्वोरकी धनी गायिका गंगा ठकुरीको पनि आवाज रहेको छ

मरुभूमि नारायणले छायाकंन गरका उक्त गीतलाई अमोन रानाको कोरियो ग्राफी रहेको हुन् । गीत मामा भांन्जा यूट्यूब च्यानल दृश्य निर्माण गरेको भिडियो युट्युब च्यानलदेखि सार्वजनिक भएको छ ।

सम्बन्धित शिर्षकहरु