पारिवारिक झगडा हुँदा अष्ट्रेलियामा एक युवाको हत्या

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ। ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ।

गौतमकी श्रीमती नुमा (नाम परिवर्तन)लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ। ३४ वर्षे युवकको उपचारका क्रममा वेष्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ । प्रहरीले यो घटनालाई घरेलुहिंसाको कोणबाट अनुसन्धान गरिरहको छ । मृतक युवा नेपालीमुलको रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।

घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापछि प्रहरीलाई तीन शुन्यमा फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो।

प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो। आगामी बिहीबार नोभेम्बर २८ तारिख उनको मुद्दाको अर्को सुनुवाइ पारामाटाको स्थानीय अदालतमा हुने भएको छ।

सन्तोष स्थानीय क्रिकेट क्लबबाट क्रिकेट खेल्ने गर्दथे। सन्तोषको परिवार र अर्को एक जोडी केही समयदेखि सो घरमा बस्दै आएका थिए । उनले सिड्नीको टेफ कलेजबाट अटोमोटिभ विषयमा पढाइ सकेपछि वर्कशप चलाएका थिए।

पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ ।

पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ। काम र पढाईको तनाव र कम उमेरमै बिवाह गरेर अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रयास पाएको छ।

सम्बन्धित शिर्षकहरु