डढेलो प्रभावित अष्ट्रेलियनलाई नेपालीको सहयोग

सिड्नी । न्यु साउथ वेल्स राज्यका डढेलो प्रभावितका लागि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले २० हजार डलर सहयोग गरेका छन् ।
शुक्रबार एक कार्यक्रममा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले न्यु साउथ वेल्सको रुरल फायर सर्भिसलाई रकम हस्तान्तरण गरेको हो ।

गत नोभेम्बरमा एनआरएनएले ‘गो फन्ड मी’ नामक वेवसाईटबाट सहयोग उठाउन सुरु गरेको थियो । पहिलो दुई दिनमै १० हजार डलर संलकन भएको थियो ।

सहयोग ग्रहण गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसले नेपाली समुदायलाई धन्यवाद दिए । यो सहयोगबाट राज्यको दुई हजार फायर ब्रिगेडले लाभ लिनेछ ।

स्यानले भने –‘यो सहयोग अग्नि नियन्त्रणका लागि आवश्यक सामाग्री, तालिम र स्वयमसेवकको वृत्तिबिकासमा खर्च गर्नेछौ’ एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भुकम्पका बेला अष्ट्रेलियनहरुले नेपालमा उल्लेख्य सहयोग गरेको स्मरण गर्दै यसपालीमा डढेलोको पिडामा यहाँको नेपाली समुदायले गुनको पैंचो तिरेको बताए ।

‘सन् २०१५ मा अष्ट्रेलियनले गरेको सहयोगका लागि हामीले हातेमालो गरेर धन्यवाद प्रकट गरेका हौ’- कँडेलले भने । गैरआवासिय नेपाली संघले सुरु गरेको अभियानमा ३ सय ६५जनाले सहयोग गरेका थिए ।

नआरएन अस्ट्रेलीयाले शुरुवात गरेको “गो फन्ड मी” मार्फत सङ्कलीत रकम बिस हजार डलर न्यु साउथ वेल्स रुरल फायर सर्भिसका प्रमुख सेन फिच्सिमोन्सलाई बुझाएको हो ।सहयोग ग्रहण गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसलेअष्ट्रेलिया स्थित नेपाली समुदायलाई धन्यवाद दिएका थिए ।

गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसी एबम एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल लगायतको टीमले एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको थियो।

अष्ट्रेलियाको पूर्वी क्षेत्र न्यू साउथ वेल्सको झाडी बाट सुरु भएको आगलागी झण्डै १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको थियो । जंगलमा लागेको डढेलो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका थिए भने ३ जनाको मृत्यु भएको थियो ।

यसै बीच आगलागीबारे अनुसन्धान र क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ठुलो क्षति भएको अनुमान छ। यसको प्रभाव अझै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु