गायक ईश्वर पोखरेलको नयाँ साँगीतीक कोशेली “चौबिस घण्टै” बोलको गीत सार्बजनिक :

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

 

गायक ईश्वर पोखरेलको नयाँ साँगीतीक कोशेली “चौबिस घण्टै” बोलको गीत सार्बजनिक भएको छ। गायक पोखरेल र गायीका मेलिना राईको युगल स्वर रहेको सो गीतमा एकनारायण भण्डारीको शब्द र संगीत रहेको छभने सो गीतको म्युजिक भिडीयोमा प्रकाश धितालको निर्देशन,बिकास दाहालको सम्पादन,सन्तोष राजबाहकको कोरियोग्राफी,उत्सब दाहालको छायङ्कन रहेकोछ।यसै गरि श्याम रसाइलीको ध्वनी मुद्रण,संगीत संयोजन कृष्ण बिकको रहेको छ। सो गीतको म्युजिक भिडियोमा केकी अधिकारी,सुरज पौडेल लगायतको अभिनय रहेको छ। सो गीतलाई एम्पाएर एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रायोजन गरेको हो।नेपाली सांगीतिक क्षेत्रमा लामो साधना सहित अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक ईश्वर पोखरेलको यस अघि दुइ सोलो एल्बम “शीतल” र “अराइज” बजारमा आइसकेको छ,भने उनले दुइ दर्जन भन्दा बढि गीतमा आफ्नो आवाज भरेका छन। गायक पाखरेलको यस अघि ” कति बज्यो भनेर सोधम की” “कति राम्री” भन्ने गीतहरु धेरै दर्शकहरुमाझ लोकप्रिय बनको थियो। उनको रातो रीबन,काली मोरी बोलको गीत थूप्रै दर्शकहरुमाझ लोकप्रिय बनेको छ।

गायक पोखरेलले नेपाली सांगीतिक क्षेत्रमा लामो साधना संग संगै अष्ट्रेलियामा विभिन्न परोपकारी कार्यमा आफ्नो सक्रिय सहभागिता सहित विभिन्न सामाजिक कार्य गर्दै आएका छन।

गायक पोखरेलले आफ्नै युटुब च्यानलबाट गीत रिलिज गरेका हुन ।सो गीत सुन्न र हेर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ।https://youtu.be/MReHo_dqJQY

सम्बन्धित शिर्षकहरु