नेपाली विद्यार्थीको आगमनले अष्ट्रेलियाको अर्थतन्त्रमा ठूलो सकारात्मक- मन्त्री डेभिड कोलम्यान

असनेपालन्युज, सिड्नी ।  अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यान ले अष्ट्रेलियामा बस्ने नेपालीहरुको प्रशंसा गरेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी अन्तर्गत नेपाली विद्यार्थीहरुको आगमनले अष्ट्रेलियाको समग्र अर्थतन्त्रको उन्नतीमा ठूलो सकारात्मक प्रभाव परेको समेत बताए। नेपाली समुदायहरुको एक संस्था पेन्सस नेप्लिज कम्युनिटीले आज आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदैव नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्ने बताए।

उनको चुनाव जितीसकेपछिको नेपाली समुदाय संगको यो पहिलो कार्यक्रम हो ।असनेपालन्यूजसंगको अनौपचारिक कुराकानीमा पेन्ह्रस्टमा नेपाली समुदायको भवन निर्माणको निम्ती प्रक्रिया पुर्याएर दश लाख अष्ट्रेलियन डलर निकासी गर्न पहल गर्ने बताए ।

यसै गरि विभिन्न स्तरमा सफलता हाँसिल गरेका व्यक्तिहरुले आ९आफ्नो विचार व्यक्त गरेका थिए। अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेश दाहालले नेपाली समुदायको समग्र हितको निम्ती अबको यात्रा हुने बताए । साथै मन्त्री डेविडलाई बधाई दिंदै आंफू संदै सहकार्य गर्न तयार रहेको बताए।
यसैगरि न्यू साउथ वेल्सका लागि महाबाणिज्यदूत दिपक खड्काले अब काठमाडौंबाटै नेपालीले भिषा पाउने वातावरण हुनुपर्नेमा जोड दिए साथै अहिले नेपालमा भएको सिमाबिवाद छिट्टै कुटनितिक पहलबाट निराकरण हुनुपर्नेमा जोडि दिए।
विश्वभर छरिएर रहेका सबै नेपालीहरुको समग्र हितको निम्ती आफू सदैव तत्पररहने गैर आवासिय नेपाली संघ केन्द्रका उपाध्यक्ष मन केसीले बताए। विश्व शान्ती परिषद्का शान्तीदूत तथा फिजीका लागि नेपाली सांस्कृतीक राजदूत आचार्य राजन शर्माले ऊँकार ध्वनिको उच्चारण संगै ध्यानबाट कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

उहांले नेपालीहरु अब ध्यानको माध्यामबाट सबै सफल जीवन प्राप्तीको निन्ती अगि बढ्न सकिने बताउंदै समुदायमा विभिन्न योगदान पुर्याएका वक्तिहरुको उदाहरण प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित शिर्षकहरु