नेपाली सीमाना अतिक्रमण भएको सवाल अस्ट्रेलियाका मन्त्री समक्ष समेत प्रस्तुत

असनेपालन्युज, सिड्नी ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री मुख्य अतिथि रहेको सिड्नीको एक कार्यक्रममा नेपाली समुदायका अगुवाहरुले सीमा अतिक्रमणको विषयलाई अस्ट्रेलियाली सरकारले प्रष्ट रुपमा बुझेर नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन्। नेपाल र अस्ट्रेलिया विच एक असल र मित्रवत सम्बन्ध रहेकाले असल मित्रको भूमिका निर्वाह गर्दै भारतले सीमानामा गरेको अतिक्रमण विरुद्द चासो राख्न र आफ्नो धारणा सत्यको पक्षमा वाहिर ल्याउंन आग्रह गरेका हुन्।

अध्यागम, नागरिकता, आप्रवास तथा बहु-सांस्कृतीक मामिला मन्त्री डेविट कोलम्यानले सो अवसरमा  अष्ट्रेलियामा बस्ने नेपालीहरुको मुक्तकण्ठले प्रशंसा गरे। अन्तर्राष्ट्रिय विद्यार्थि अन्तर्गत नेपाली विद्यार्थिहरुको आगमनले अष्ट्रेलियाको समग्र अर्थतन्त्रको उन्नतीमा ठूलो सकारात्मक प्रभाव परेको समेत बताए। नेपाली समुदायहरुको एक संस्था पेन्सह्रट नेप्लिज कम्युनिटी(Nepalease Penhurst Community )ले   आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदैव नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्न चाएको बताए।

उनको चुनाव जितीसकेपछिको नेपाली समुदाय संगको यो पहिलो कार्यक्रम हो । नेपाली समुदायको भवन निर्माणका लागि आफुले बोलेको १ मिलियन डलर रकम निकासाको लागि तयार रहेको र प्रकृया पुरा गरेर सिघ्र आउंन समेत मन्त्री डेविडले असनेपालन्युज संङ कुराकानिको क्रममा बताउंनु भयो । उहांले निर्वाचन अगाडि नेपाली समुदायको मागलाई दिईएको वचन पुरागर्नु समुदायकै हित रहने कुरामा आफु विश्वस्त रहेको बताउंनु भयो । समुदायले एक वर्ष भित्रमा सो रकम मार्फत भवन निर्माण मा पहल गर्ने एन पि सिका अध्यक्ष श्रेष्ठले असनेपाल न्युजलाई जानकारी गराउंनु भयो । 

यसै गरि विभिन्न स्तरमा सफलता हाँसिल गरेका व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए। अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेश दाहालले नेपाली समुदायको समग्र हितको निम्ती अबको उनको यात्रा हुने बताए । साथै मन्त्री डेविडलाई बधाई दिंदै आंफू सधैं सहकार्य गर्न तयार रहेको बताए।
यसैगरि न्यू साउथ वेल्सका लागि महाबाणिज्यदूत दिपक खड्काले अब काठमाडौंबाटै नेपालीले भिषा पाउने वातावरण हुनुपर्नेमा जोड दिए साथै अहिले नेपालमा भएको सिमाबिवाद छिट्टै कुटनितिक पहलबाट निराकरण हुनुपर्नेमा जोडि दिए।

विश्वभर छरिएर रहेका सबै नेपालीहरुको समग्र हितको निम्ती काम गर्न आफू सदैव तत्पररहने गैर आवासिय नेपाली संघ केन्द्रका उपाध्यक्ष मन केसीले बताए।

विश्व शान्ती परिषद्का शान्तीदूत तथा फिजीका लागि नेपाली सांस्कृतीक राजदूत आचार्य राजन शर्मा(भीमसेन सापकोटा )ले ऊँ कार ध्वनिको उच्चारण संगै ध्यानबाट कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। उहांले नेपालीहरु अब ध्यानको माध्यामबाट सफल जीवन प्राप्तीको निम्ती अगि बढ्न सकिने बताउंदै समुदायमा विभिन्न योगदान पुर्याएका व्यक्तिहरुको  उदाहरण प्रस्तुत गर्नुभएको थियो।

यसै गरि आचार्य राजन शर्माले संकट परेको बखत असल मित्र राष्ट्रले अवश्य सहयोग पुर्याउंनु पर्ने, सत्यको कित्तामा उभिनु पर्ने बताउंदै नेपालको सीमाना अतिक्रमण भएको विवरण खुलेर प्रस्तुत गर्नुभयो । यस्तै उहांले मन्त्री डेविडलाई आफ्नो सरकार समक्ष यो सवालप्रति ध्यानाकर्षण गराई अतिक्रमणको विरुद्द संघिय सरकारको धारणा वाहिर ल्याउंने पहल गर्न संपूर्ण नेपालीहरुको तर्फबाट आग्रह गर्नुभयो । साथै आकर्षक ढंगबाट कार्यक्रमको सूत्रधारको भूमिका निर्वाह समेत गर्नुभएको थियो।सो अवसरमा डा प्रकाश पौडेलले नेपाली पेन्सस कम्युनिटिले गरेका गतिविधि माथि चर्चा गर्नु भएको थियो भने डा हेमन्त पन्तले नेपाली समुदायको अवस्था र चुनौतिको बारेमा प्रस्तुती दिनु भएको थियो । सो अवसरमा कार्यक्रमको सभापति तथा आयोजक समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले समुदयाका प्रतिभाहरुको सफलता सम्पूर्ण समुदायकै सफलता भएको बताउंनु भयो । उहांले नेपाली समुदायलाई मन्त्रि डेबिडले पुर्याएको योगदान र प्रसंसा गर्नु भएको थीयो ।

श्रेष्ठले आगामि कार्यक्रम समुदायको आफ्नै हलमा आयोजना गर्ने अपेक्ष्या समेटा मन्त्री डेविड समक्ष राख्नु भयो ।

 

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरु डा नारायण प्रधान , डा किरण थापा , पत्रकार ॠषि आचार्य , चुडा सुब्बा सापकोटा ,शम्भु पोख्रेल , महालक्ष्मी राज भण्डारी,दुर्गा प्रसाद न्यौपाने ,कुल चन्द्र भण्डारि, अपूर्व गौतम ,सम्राज्ञी पन्तलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै पंचकन्य बाट अतीथीहरुलाई फूल र मालाले स्वागत पश्चात आकर्षक नृत्य पनि प्रस्तुत गरिएको थियो ।सो  संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै सबैमा  आभार व्यक्त गर्नुभएको थियो। नेपाली पेन्सस कम्युनिटीका सचिव  हरी श्रेष्ठले सो समारोहलाई धन्यवादका शब्दले विट मार्नुभएको  थियो ।

सम्बन्धित शिर्षकहरु