अर्जुनको श्रीकृष्णलाई प्रश्न – ‘प्रभु तपाईले कल्पको आदिमा यो ज्ञान सूर्यलाई दिनुभयो ?’

आज संसारमा अधिसंख्यक मानिसहरू साँचो भक्तिलाई जान्दैनन् र पनि आफूलाई भक्त सम्झन्छन् अनि भगवानको साँचो स्वरूपको ज्ञान नभएर पनि आफूलाई ज्ञानी सम्झेर बसेका छन् । तर झूटो कुराहरूले न वर्तमान जीवनमा लाभ हुन्छ न त भविष्यमा लाभ हुने आशा हुन्छ।

गीताको पाठ गर्नेहरूले पाठ गर्नुलाई नै ज्ञान अथवा भक्ति सम्झन्छन् अनि राधे-कृष्ण, राधे-कृष्ण भज्नु अथवा भगवान कृष्णको मूर्तिको पूजा-आरती गर्नुमा नै आफ्नो कल्याण सम्झन्छन् । श्रीकृष्णले आफ्नो परम भक्त अर्जुनलाई युद्ध लड़दै गर्न सकिने ज्ञान दिनुभयो।

त्यहि योग वा भक्तिलाई जसका महिमा भगवान कृष्णले अर्जुनलाई सुनाउनुभयो प्रत्येक मनुष्यले हरेक अवस्थामा गर्न सक्छ । त्यसको साधनामा जाति-पाति, आयु वा समयको बन्धन छैन । त्यो साधना वा भक्ति गर्न मनुष्य संसारको सबै कर्महरू गर्दै पनि कर्महरूका बन्धनदाय मुक्त हुन्छ । भगवान कृष्ण भन्नुहुन्छ-
‘इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत् ।।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः।
स कालेनेह महता योगो नष्टः परंतप ।।

हे अर्जुन! मैले यो सनातन, अविनाशी ज्ञान कल्पको आदिमा सूर्यलाई दिएको थिएँ अनि सुर्यले आफ्नो पुत्र मनुलाई अनि मनुले आफ्नो पुत्र इक्ष्वाकुलाई दिएका थिए। यस परम्पराद्वारा प्राप्त यस योगलाई ऋषिहरूले जाने, यसकारण यो योगको नाम राज-योग बस्यो। तर त्यो परातन योग अब संसारमा प्राय: लोप भइसकेको छ।’

यहि योगलाई जान्नको निम्ति शिष्यहरूले जीवन-पर्यन्त गुरुहरूको सेवा गरे। यहि योगलाई जान्नको निम्ति बालक नचिकेताले संसारको समस्त भोगहरू लिनु अस्वीकार गरे अनि यो योगलाई तत्त्व द्वारा जान्नको निम्ति यमराजलाई प्रार्थना गरेका थिए। आज संसारमा यो योगको चर्चा अपितु मानिसहरू मनमानी कुराहरुलाई नै योग सम्झिन्छन् ।

भगवान कृष्ण अर्जुनलाई सम्झाउनु हुन्छ,’हे अर्जन! त्यहि महान् योगको महिमा मैले तिमीलाई बताएँ, किनभने तिमी मेरो प्रिय भक्त अनि सखा हौं । यो योगको विषय एकदमै मर्म र रहस्यमय छ। हरेक मनुष्यले यसको उत्तमतालाई जान्दैन, यसैकारण तिमीले यसलाई सावधान र सचेत भएर सुन।’ भगवानको कुरा सुनेर अर्जुनलाई शंका हुन्छ ।

आजकलका मानिसहरु शंकालाई आफ्नो मनमा नै लुकाएर राख्छन्, यसकारण त्यस्ता मनुष्यको दुर्गति हुन्छ अनि न उनीहरूलाई यस लोकमा र न त परलोकमा शान्ति मिल्छ। अर्जुन भगवानको नातेदार पनि थिए, मित्र र प्रेमी पनि थिए। यसको साथ-साथै भगवानको चरणमा अर्जुनको श्रद्धा र अटल विश्वास थियो। उनले आफ्नो हृदयको भावलाई लुकाएनन् ।

यहि कारण उसले आफ्नो शंका निवारणको लागि भगवानलाई सोध्छने, ‘हे प्रभु! तपाईको जन्म वर्तमान समयमा भएको छ अनि सूर्यको जन्म त धेरै पहिले भइसकेको थियो भने, तपाईले कल्पको आदिमा यो ज्ञान सर्यलाई दिनुभएको थियो, यो म कसरी विश्वास गरूँ?’

अर्जनको संशय दूर गर्न भगवानले भन्नुभयो, ‘हे अर्जुन! मेरो र तिम्रो अनेकौं जन्म भइसकेको छ, मलाई त्या सबै राम्ररी याद छ, तर तिमीलाई याद छैन किनभने मेरो जन्म साधारण जीवको जस्तो हुँदैन । जीवले माया अर्थात् कर्महरुको अधीन भएर जन्म लिन्छ, तर म अजन्मा, अविनाशी तथा सबै भूत-प्राणीहरूको ईश्वर हुनको नाताले पनि आफ्नो इच्छाले मायालाई (प्रकृति) अधीन गरेर प्रगट हुन्छु ।’ भगवानलाई मनुष्य शरीर धारण गर्न किन जरुरत पर्छ? भगवान भन्नुहुन्छ-

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय संभवामि युगे युगे।।

हे अर्जन! जब जब संसारमा धर्मको हानि अनि अधर्मको वृद्धि हुन्छ, तब-तब म मनुष्य शरीर लिएर प्रगट हुन्छु । साधु पुरुषहरुको उद्धार गर्न अनि नीच कर्म गर्नेहरुका नाश गर्न म युग-युगमा प्रगट हुन्छु ।

जन्म कर्म च में दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।।

हे अर्जुन! म अजन्मा भएर पनि जन्म लिन्छु, अकर्ता भएर पनि जन्म लिएर कर्म गर्छ । तर मेरो यो जन्म र मेरो सबै कर्म दिव्य तथा अलौकिक हुन्छन् । जसले मलाई तत्त्व द्वारा जान्दछ, उसको संसारमा फेरि जन्म हुँदैन, उसले मलाई नै प्राप्त गर्दछ। किनभने मेरो स्वरुपलाई जान्ने मनुष्य संसारमा कर्म गरेर पनि कर्मको फलदेखि मुक्त रहन्छ।’

बजारमा तपाईंहरूले कल्कि भगवानको चित्र देख्नुभएको होला। चित्रमा कल्कि भगवान हातमा नांगों तलवार लिएर घोड़ामाथि बसेको देखाएको छ । मानिसहरुले यस्तो सोच्दा हुन् कि भगवानले त्यो तलवारद्वारा दुष्टहरुका संहार गर्ने छन् । तर होईन, कलियुगलाई समाप्त गनको लागि अनि सतयुगको स्थापना गर्नका लागि भगवानले मनुष्यको दुर्भावनाहरुलाई ज्ञानको तलवारले नाश गर्नु हुने छ। अनिमानिसहरू स्वार्थ छोडेर परमार्थको कमाईमा लाग्ने छन् । मानिसहरामा सद्भावना जागृत हुने छ। यसैको नाम सतयुग हो। मर्नाले मनुष्यको संस्कार बदलैंदैन, किनभने संस्कारहरुलाई साथ लिएर मनुष्यले शरीर त्याग्छ अनि फेरि जन्म लिएपछि आफ्नो त्यहि पूर्व संस्कारहरु अनुसार त्यहि कर्महसमा लाग्दछ।

भगवान श्रीकृष्णको भन्नुको अर्थ यो हो कि जब मनुष्य सत्य परमात्मालाई भूलेर उटपटांग कुराहरुमा लाग्छ, चेतन आत्मादेखि विमुख भएर जड़ पदार्थहरूको पूजा, ध्यान गर्नलाई नै धर्म सम्झन्छ, अर्थात् मानिसहरू मानयताको साँचो धर्मलाई भुलेर झूटो धर्महरुमा लाग्छन्, त्यस समय भगवानले शरीर धारण गरेर मानवलाई साँचो धर्म र साँचो भक्तिको ज्ञान गराए अज्ञान रूपा अधमलाई दूर गर्नु हुन्छ, जस द्वारा सत्य धर्मको स्थापना हुन्छ अन असत्य तथा अधर्मको नाश हुन्छ।

दुनियाँले साँचो कुरा मानोस् वा नमानोस्, विचार गरोस् वा नगरोस्, तर वास्तवमा परमात्माको साँचो स्वरूप अथवा साँचो गुरुको खोज गरोस् वा नगरोस्, तर जीव बिना गुरुका कृपा भवसागर तर्न सक्तैन ।

आज ठूला-ठूला मानिसहरूले विश्व-शान्ति महाय अनेक प्रकारका धर्म सम्मेलन, पञ्चशील सिद्धान्त, मानवतावादी सभाहरू, पूजा-पाठ, कीर्तन, रोजा, नमाज, हज आदि गरिरहेका छन् अनि मन्दिर, मस्जिद, गिरजा, क्लब, सिनेमाघर, नाचघर, संगीत विद्यालय, विद्याभवन, यहाँसम्म कि एटम बम आदि पनि बनाइरहेका छन् ।

मतलब मनको शान्तिको लागि अनेक प्रकारका यन्त्रहरू, सामानहरू बनाउँदै नै गइरहेका छन् । तर विश्वमा शान्ति, प्रेम र न्यायको बदला अशान्ति, फूट, छल- कपट, घूस, भ्रष्टचार तथा एक-अर्काप्रति अविश्वास र विरोध बढ़दै नै गइरहेको छ। मानव नै मानवको खानको प्यासी भएर पशु बनको छ। यसबाट त युद्ध र अशान्तिको वातावरण बढ्दै नै जाने छ। योगलाई जानेर साधन गर्न भनेर भगवानले सबैलाई भन्नुभएको छ। जसलाई गर्नुमा जीवनको सार्थकता छ अनि जसलाई जान्नाले वा गर्नाले जीवलाई शान्ति मिल्नेछ।
-हाम्राकुरावाट

सम्बन्धित शिर्षकहरु