ओली मन्त्रिपरिषदमा अटेनन् लालबाबु,रघुवीरदेखि गोकर्णसम्म,यी हुन् नयाँ मन्त्री

काठमाडौं । लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगासँगै मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको चर्चा सकिएको हो । नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी रहेको छ।

नयाँ मन्त्रीको सूचीमा घनश्याम भुषाल, बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वरराय यादव, मोती दुगड लगायत छन् ।

मन्त्रिपरिषद् पुनःगठनमा केही मन्त्रीको विभागीय जिम्मेवारी परिवर्तन भएको छ । नयाँ थपिएका मन्त्रीमा पूर्वएमालेको तर्फबाट वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्। त्यस्तै, घनश्याम भुसाललाई कृषिमन्त्री बनाइन लागेको छ। सूर्य चुनाव चिह्न लिएर चुनावमा गएका हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाउँदैछन्। उनले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसँग मन्त्रिपरिषदमा जानेबारे छलफल गरेका थिए।

पछिल्लो समय नेकपाप्रति असन्तुष्ट उनलाई दुवै अध्यक्षले मन्त्रिपरिषदमा स्थान दिएका हुन्। त्यस्तै, मोती दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्दैछन् भने पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्। पूर्वमाओवादीबाट लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति र रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दैछन्।

सम्बन्धित शिर्षकहरु