प्रभावशाली व्यक्तिहरुको स्वागतको लागि अस्ट्रेलियाको नेपाली समुदायको विशेष कार्यक्रम

अस्ट्रेलिया । अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यानको नयाँ जिम्मेवारीलाई स्वातग गदै नेपाली समुदायले एक विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ ।

यसका लागि अस्ट्रेलियाका लागि नेपाली महामहिम राजदुत महेश दाहाल, न्यु साउथ वल्सका कन्सुलर जनरल दिपक खड्का र एनआरएनको विश्व परिषदमा अस्ट्रेलियाबाट उपाध्यक्षमामनोनयन हुनु भएका समुदायका अगुवा नेता मन केसीको स्वागतार्थ अस्ट्रेलियाको नेपाली समुदायले विशेष कार्यक्रमको आयोजना गरेको हो ।

नेप्लिज पेन्सस कम्युनिटीको आयोजनामा स्वागत कार्यक्रम राखिएको हो । अस्ट्रेलियामा प्रतिभाशाली व्यक्तिहरुलाई सम्मान कार्यक्रम समेत राखिएको छ । यसका लागि अस्ट्रेलियाका लागि नेपाली महामहिम राजदुत महेश दाहाल,अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिवरल पार्टीका नेता डेभिड कोलम्यान, अस्ट्रेलियाबाट मनोनयन हुनु भएका समुदायका अगुवा नेता मन केसीको सम्मानार्थ तथा विभिन्न समुदायका पादाधिकारीहरुको सम्मानमा यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम २१ नोभेम्बर विहिवार स्थानिय समय अनुसार साँझ ७ बजे 2 Carrington St, Penshurst, NSW 2222 मा हुन लागेको होे ।

सम्बन्धित शिर्षकहरु