चीनद्वारा दुई अष्ट्रेलियन नेतालाई भिसा दिन अस्वीकार

अष्ट्रेलिया । चीनले दुई अष्ट्रेलियन राजनीतिज्ञलाई भिसा  दिन अस्वीकार गरेको छ । उनीहरुले चीनलाई आलोचना गर्दै आएको भनेर भीसा अस्वीकार गरिएको जनाइएको छ ।

एन्ड्रयु हास्टी र जेम्स पिटर्सन दुवै सरकारी सदस्यको रुपमा अर्को महिना अध्ययन भ्रमणमा चीन जान लागेका थिए । तर, उनीहरुको भीसा आवेदन अस्वीकार गरिएको हो ।

उनीहरुले चीनको मानवअधिकारको बारेमा कुरा उठाउँदै आएका थिए । अर्का नेता तथा लेबर पार्टीका सांसद माट किओघलाई भने चीनले भीसा उपलब्ध गराएको छ । (बीबीसी)

सम्बन्धित शिर्षकहरु