ओली र प्रचण्डबीच ‘वान टु वान’ गोप्य वार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख र मन्त्री हेरफेरको बिषय टुंगो लगाउन नेकपाका दुई अध्यक्षले ३ घण्टा गोप्य बार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ३ घण्टा लामो ‘वान टु वान’ वार्ता भएको स्रोतले बताएको छ ।

प्रदेश प्रमुख फेरेलगतै आफ्नै सचिवालयका सल्लाहकार र सहयोगीलाई राजीनामा दिन निर्देशन गरेका प्रधानमन्त्री ओलीले मन्त्री परिषदमा पनि ब्यापक हेरफेर गर्ने तयारी थालेका छन् । पुराना तीन जना मात्र मन्त्री राख्ने र अन्य सवै मन्त्रीलाई राजीनामा गराउने पक्षमा प्रधानमन्त्री ओली छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै पटक सवै मन्त्रीलाई सामुहिक राजीनामा गराउने पक्षमा छन् ।

सवै मन्त्रीलाई राजीनामा गराएपछि नयाँ मन्त्री ल्याउने ल्याउने प्रचण्डको प्रस्तावमा ओली सहमत हुन सकेका थिएनन् । पुराना केही मन्त्रीलाई राख्ने र बाँकी नयाँ ल्याउने पक्षमा ओली छन् । दुई अध्यक्षबीचको यही मतान्तर हल गर्न ३ घण्टा ‘वान टु वान’ वार्ता भएको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रीसँग दुई अध्यक्षले नयाँ सभामुखको खोजिपनि गरिरहेका छन् । संबैधानिक निकायमा एउटा पनि पूर्वमाओवादीबाट नहुँने भएपछि सभामुख पूर्वमाओवादी पक्षले लिनु पर्ने दावी प्रचण्डले गरिरहेका छन् भने ओलीले सरकार सञ्चालनमा सजिलो बनाउन पूर्वसभामुख सुवास नेम्वाङलाई नै ल्याउनु पर्ने जिकिर गरिरहेका छन् । सुवास नेम्वाङलाई ल्याउने पक्षमा प्रचण्ड भएपनि पूर्वमाओवादीभित्र असन्तुष्टी बढ्ने संकेत देखेका छन् । उनले देव गुरुङ वा पम्फा भूसाललाई बनाउनु पर्ने पक्षमा छन् । तर प्रधानमन्त्री ओलीले भूसाललाई मन्त्रीमा ल्याउने प्रतिबद्धता जनाइसकेको स्रोतले बताएको छ ।

पूर्वमाओवादी पक्षलाई एउटा मन्त्री बढी दिएर भएपनि सभामुख आफै राख्ने पक्षमा ओली पुगेका छन् । तर प्रचण्डले भने पुरानो घर मिलाउनका लागि पनि सहमति जनाईसकेका थिएनन् । सभामुखको कुरा मिले उप निर्वाचन अगाडी नै मन्त्री हेरफेर हुनसक्ने नेकपाका एक नेताले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु