प्रधानमन्त्रीको निजी सचिवालयमा पुरै परिवर्तन, रिमालसहित सबैको ‘राजीनामा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका छन् ।

सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहेका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका हुन् । मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रामशरण बजगाईंले मंसिर १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्रीको सहयोगीका रूपमा स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस संयोजक चेतन अधिकारी र मेडिकल टिमकी डा. दिव्या सिंह शाह लगायतको टोली यथावत रहने सम्भावना छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सल्लाहकार टिमको बैठक शुक्रबार सरकारी निवास बालुवाटारमै बसेको थियो। सल्लाहकार टिमको साप्ताहिक बैठक प्रत्येक शुक्रबार बस्ने गरेको छ। उक्त बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोचेकाले आफूहरू बाहिरिनुपर्ने निचोड उनीहरूले निकालेको बैठकमा सहभागी प्रधानमन्त्रीका एक सल्लाहकारले बताए।

‘बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोच्नु भएको कुराबारे चर्चा भयो’, नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, ‘त्यसैका लागि सहयोग गर्न सचिवालयका सदस्यहरूले राजीनामा दिने निर्णय भएको हो।’

Comments

comments

सम्बन्धित शिर्षकहरु