कोमामा भएको कार दुर्घटना घटनाका चालकलाई थुनामा राख्न अदालतले आदेश

सिड्नी । तीन महिनाअघि कोमामा भएको कार दुर्घटना घटनाका चालकलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।

केही दिनअघि अदालतले कार चालक सागर भट्टराईलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।
उनले सवारी हाक्दा मादक पर्दाथ सेवन गरेको र लापरबाहीसँग गाडी चलाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले सोही प्रतिवेदन अदालतमा पेश गरेको हो। ड्रिंक ड्राइभमा लिमिटभन्दा माथि खाएर गाडी चलाउनुलाई अस्ट्रेलियामा अपराध सरह मानिने गर्छ। नेपाली विद्यार्थीहरूको एक समूह स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने चालकसहित अन्य तीन जना घाइते भएका थिए।

पाँच जना सवार गाडीमा अगाडि सिटमा बसेकी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको थियो।

क्यानबेरा हस्पिटलबाट डिस्चार्ज्ड भएपछि उनी पर्सिपल्ट परिवार भेट्न नेपाल जान खोजेका थिए। उनलाई प्रहरीले त्यहीबेला विमानस्थलबाट पक्राउ गरेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु