सुगौली सन्धिको अस्पष्टता नै ‘लिपुलेक’ विवाद चुरो, ‘छियालेक’ जस्तै बनाउने दाउमा भारत

काठमाडौं । तात्कालीन ब्रिटीश इण्डिया र नेपालबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको अस्पष्टता नै लिपुलेक विवाद चुरोको रुपमा देखिन्छ। नेपाली भूमि कालापानी र लिपु लेक क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा आफ्नो बनाएपछि सर्वत्र रुपमा झनै विवाद चर्कन गएको छ । यो विवाद नेपालीहरुको लागि भने नौलो होईन् । ।

भारतले केही दिनअघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नो तर्फ राखेको हो। लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेपछि नेपाली जनता आक्रोशित भएपनि सरकारको तर्फवाट सामान्य धारणा आएको छ ।

भारतले केही महिनाअघि विवादित भूमि जम्मु-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

यो नयाँ नक्सामा विशेष दर्जा खारेज अघिसम्म एकै राज्यमा रहेका जम्मु-कश्मी र चीनले समेत दाबी गरिरहेको भूमि लद्दाखलाई अलग अलग राज्यका रुपमा सार्वजनिक गरिएको छ।

उक्त सन्धिमा नेपालको पश्चिमी सिमाना काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन।

लिपुलेक वा लिपुलेकको पश्चिम, हाल भारतमा पर्ने भनिएको लिम्पियाधुरा या कालापानीभन्दा केही तल पर्ने काली मन्दिरमध्ये कुनलाई काली नदीको मुहान मान्ने भन्नेमा भिन्नाभिन्नै धारणा छन् ।

नदीको सबैभन्दा ठूलो र लामो स्वरुप जहांबाट निस्कन्छ त्यसलाई नै मुहान मान्नुपर्ने भन्दै कतिपय नेपाली इतिहासविद् तथा सीमाविद्हरु लिम्पियाधुरातिरको भाग पनि नेपालमै पर्ने तर्क गर्छन्।

लिपुलेक चीनको कैलाश मानसरोवर, सिगात्से तथा ल्हासा जानका लागि सहज मार्ग भएकाले यो व्यापार, पर्यटन र तीर्थाटनका दृष्टिले निकै महत्वपूर्ण विन्दु मानिन्छ।

नेपालले दावी गर्दै आएको रणनीतिक रुपले त्यति महत्वपूर्ण क्षेत्रबारे नेपाललाई समावेश नै नगरी दुई ठूला छिमेकीहरुले आपसी सहमति गरिदिंदा नेपालीहरु चिढिनु स्वाभाविकै नै रहेको छ ।

छियालेक : एउटा छियालेक भारतमा पर्छ । भारतकाे बुदी गाउभन्दा ३ किमी पैदल हिडेर पुगिने ठाउँ छियालेक हाे ।

याे छियालेकमा भारतिय सेना, आइटिवीपी र एसएसवीकाे उपस्थिति छ र यहि स्थानदेखि माथि (उत्तरतर्फ) भारतकाे निषेधित क्षेत्र (नाेटिफाइड एरिया) सुरू हुन्छ । भारतिय प्रशासनकाे लिखित अनुमति (परमिट) विना कसैलाई पनि छियालेकभन्दा अगाडि जाने सुविधा छैन ।

नेपाली नागरिक र भारतका स्थानीयले पनि परमिट बनाएर मात्रै छियालेकभन्दा अगाडि (उत्तरतर्फकाे क्षेत्रमा) आवतजावत गर्न पाउँछन् ।
अर्काे छियालेक नेपालमा पर्छ ।

टिंकर गाउभन्दा करिब १ किलाेमिटर अगाडीकाे क्षेत्र हाे । यहाँ सिमा प्रहरी चाैकी छ । वर्षमा ६ महिना नेपाल प्रहरीकाे युनिट छियालेकमा बस्छ । याे छियालेक भएर नेपाल र चीनकाे सिमाना (टिंकर नाका वा १ नम्वर पिलर) पुग्न सकिन्छ ।

व्यासकाे छाङरू गाउबाट टिंकर खाेलाकाे किनारैकिनार भएर करिब १२ किमीकाे पैदल दूरीमा टिंकर गाउ र छियालेक पुगिन्छ । छाङरूबाट टिंकर र छियालेक जादा भारतीय सिमाक्षेत्र पर्दैन ।

लिपुलेक : एउटा लिपुलेक भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्दछ । सक्कली महाकाली (कुटी याङ्दी) र लिपुखाेला (नक्कली महाकाली) काे संगमस्थल रहेकाे गुञ्जीभन्दा उत्तरपूर्वमा कालापानी क्षेत्र छ र कालापानीभन्दा अगाडि चीनसंग सिमा जाेडिएकाे नाका लिपुलेक हाे ।

याे लिपुलेककाे नाका अहिले भारत र चीनबीचकाे धार्मिक यात्रा (कैलाश मानसराेवर यात्रा) र व्यापारिक नाकाका रूपमा छ । सन् २०१५ मे १५ मा भारतका प्रधानमन्त्री र चिनका राष्ट्रपतिले यसै लिपुलेक नाकाबारे सहमति गरेका हुन् ।

दाेस्राे लिपुलेक : नेपाल र चिन जाेड्ने टिंकर भञ्ज्याङकाे नाकालाई पनि स्थानीयस्तरमा लिपुलेक भनिदै आएको छ । अतिक्रमित कालापानी क्षेत्रकाे लिपुलेक नाका र याे लिपुलेक (टिंकर नाका) हिमाली श्रृंखलाले जाेडिएकाे हुनाले पनि यसलाई स्थानीयस्तरमा लिपुलेक भनिएको हाे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु