त्रिभुवन विमानस्थलको पार्किङमा दुई जहाज ठोक्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई शुक्रवार दिउँसो ठक्कर दिएको छ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज अवतरण पछि पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ ।

घटना सामान्य भएकोले विमानस्थलमा आवागमन सामान्य  भएको विमानस्थलका प्रवक्ताले जानकारी दिएका छन।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु