अदालतबाट रुँदै निस्किएका महराको हिरासतबाट जेलतिरको यात्रा

काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोग लागेका महरालाई पक्ष र विपक्षमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको स्रोतले जनाएको छ । अदालतको आदेश सँगै महरालाई अदालत परिसदबाट सिधै डिल्ली बजार कारगार लैजाँदा उनी रोएका हुन्।

संचारकर्मी र प्रहरीबाट अदालत परिसरमै घेरिएका महरा अदालतको निर्णयपछि खिन्न देखिनु स्वभाविक थियो। अदालतको आदेश उनका पक्षतिर ढल्किएको थिएन। प्रहरी भ्यानको सिटमा बसेलगत्तै महरा झन् रोएका थिए।

आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। त्यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए। अदालतको यो आदेशसँगै महराको सांसद पद समेत गुमेको छ।

सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी शेरबहादुर केसी लगायतले बहस गरेका थिए। महराबिरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। सोमबार पीडित महिला पनि अदालतमा उपस्थित भएकी थिइन्। तर, उनलाई बोल्न अनुमति दिइएन। पीडित महिलाले पछिल्लो समय आफ्नो बयान फेर्दै आएकी थिइन्।

अब महरालाई डिल्लीबजार कारागारमा लगिने भएको छ । महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु