नेपालीद्वारा संचालित उत्प्रेरणात्मक योग शिविरमा अष्ट्रेलियाली सांसद र राजनीतिज्ञहरु सहभागी (फोटोफिचर)

सञ्जिव अर्याल, असनेपाल न्युज, सिड्नी । नेपालीद्धारा सञ्चालित योग तथा उत्पेरणात्मक कार्यक्रममा अष्ट्रेलियाका सांसद तथा काउन्सलर सहभागी बनेका छन् । नेपाली योग आर्चाय तथा उत्पेरक आर्चाय राजन शर्माद्धारा सञ्चालित तथा पेन्सस नेप्लिज कम्युनिटिले आयोजना गरेको योग तथा उत्पेरणात्मक कार्यक्रममा अष्ट्रेलियाका सांसद मार्क कुरे सहभागी बनेर योग अभ्यास गरेका छन् ।

उनले योग तथा ध्यान विश्वकै तनाव उपचार गर्ने एक अचुक उपाय भएको बताए । योगले व्यस्त दिनचर्यालाई राहत दिने बताउँदै योगमा सहभागी बनेको थिए । उनले आफु नियमित विध्यार्थी बन्ने जोड दिंदै अष्ट्रेलियाली सरकारले यस कार्यक्रमलाई प्रत्यक्षरुपमा सहयोग गर्ने र यो कार्यक्रम दीर्घकाल सम्म रहने बताएका छन् ।

त्यस्तै गरेर कार्यक्रममा ‘जजेज रिभर काउन्सिल’का काउन्सलर नान्सी लिउले पनि आफ्नो सहभागिता जनाउँदै योग आर्चायद्धारा सञ्चालित उत्पेरणात्मक योग, ध्यान कार्यक्रममा आफु सहभागि भएर आनन्द उठाएको बताईन । उनले अब विश्वको प्रत्येक शहरमा यस्ता अध्यात्मिक गतिविधीले मानिसहरुलाई राहत दिने बताउँदै मनमा शान्ति उमंग ल्याउने बताईन ।

त्यसै गरि योग आर्चाय राजन शर्माले विश्वका प्रत्येक नागरिक मात्र नभएर राजनितीक व्यक्तिले पनि वैज्ञानिक अध्यात्म तर्फ आफुलाई जोड्नु पर्ने,स्वास्थ मष्तिकले मात्र स्वस्थ निर्णय निकाल्नु सकिने भएकाले प्रत्येक मानमा योग शिक्षा, नैतिकता, आचार संहिता,स्वास्थ, शान्ति शिक्षाको प्रवर्द्धन हुनुपर्ने र आफु सोहि अनुकुल नै यो अभियानमा लागेको बताउनु भयो ।

कार्यक्रममा नेप्लीज पेन्सस कम्युनिटीका तर्फ बाट लक्ष्मण श्रेष्ठ, हरि श्रेष्ठ , पुष्प सापकोटा लगायत विभिन्न संघ संस्थामा पदाधिकारीहरु र समुदायका अगुवाहरको पनि सहभागिता रहेको थियो । उहांहरुले पेन्सस कम्युनीटी नेपाली समुदायलाई सघाउंन आरोग्य , शिक्षा र चेतनामुलक विविध अभियान चलाऊंन प्रतिवद्द रहेको जोड दिनु भयो ।

त्यस्तै नेपालमा भूपु सहायक मन्त्रीको राम चन्द्र अधिकारिको पनि सहभागिता रहेको थियो । उहांले विश्वमै अग्रणि नेपाली सनातन परम्परा र पूर्वीय दर्शन विश्वकै हितमा रहेकोले आफ्नै मौलिकतालाई सजाउंन र विधर्मि नबन्न आग्रह गर्नु भयो । नेपालीहरले त छ नै विदेशी राजनीतिज्ञ , काउन्सिलका पदाधिकारिहरु , विभिन्न संस्थाका प्रतिनिधीहरु बसेर योग साधना गरिएको अष्ट्रेलियामा संभवत पहिलो पटक हो । योग, साधना, उत्प्रेरणा मानव जागरण कार्यक्रम अब आश्रम कुटीमा मात्र होईन विश्वका धनाड्य शहरहर र त्यहाँका राजनीतिज्ञलाई पनि छुन थालेको छ ।

विश्वभर नै मानव जागरणको अभियान लिएर हिड्नु भएका आर्चाय राजन शर्मा भन्नुहुन्छ, “अबको युगमा शान्ति र संवृद्धीको साथ रहने हो भने मानिसहरुमा सात्विक भोजनको आवश्यक हुन्छ । योग विज्ञानमा मानिसले शान्तिको द्धवार खोल्नेछ भने मोक्षको मार्ग प्रसस्त गर्नेछ । भातृत्व र आपसी सम्बन्ध विस्तार गर्न पनि योग अत्यान्त प्रभावकारी उपयोगि हुने उहाँले बताउनु भयो ।

विश्वलाई तीन पटक परिक्रमा गरिसकेर योगका विभिन्न आसन, प्राणायामलाई प्राज्ञिक अनुसन्धानको दायरामामा ल्याईसक्नु भएका आर्चाय राजन शर्माले यसअघि अमेरिकामा उडिरहेको विभानमा नै योग शिविर सञ्चालन गरेर विश्वमा नै नेपालीको शिर उच्च राख्दै विश्व किर्तिमान कायम गरिसक्नु भएको छ । हाल उहाँले विश्वभरवाट ५ सय भन्दा धेरै शिक्षकलाई योगको तालिम दिएर प्रशिक्षकहरु तयार पारिसक्नु भएको छ ।

अष्ट्रेलियाको अन्य स्थानमा जहीं पेन्सस स्थित वल्डपार्कमा भने नेप्लिज पेन्सस् कम्युनिटी , सेयर संस्थाको आयोजनामा र अष्ट्रेलियाली सरकारको प्रायोजनमा योग,ध्यान शिविर तथा उत्प्रेरण कार्यक्रम हरेक मंगलवार र शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म नियमित सञ्चालन हुँदै आएको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु