सन्दीप लामिछाने सबैभन्दा धेरै देशको क्रिकेट लिग खेल्न क्रिकेटर

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने टी-ट्वान्टी क्रिकेट खेल्न विश्वका सबैभन्दा बढी देशमा गएर क्रिकेट लिग खेल्ने खेलाडीको सूचिको शीर्ष स्थानमा रहेका छन् ।

विश्व चर्चित म्यागजिन ‘द क्रिकेट मन्थ्ली’ को अनुसार सन्दीप र अफगानिस्तानका नजिबुल्लाह जद्रानले टी-ट्वान्टी क्रिकेट खेल्न धेरै देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् । दुबै खेलाडीले ८ देशमा क्रिकेट खेलेका छन् ।

श्रीलंकाका उसुरु उडना,अफगानिस्तान राशिद खान,न्युजिल्यान्डका कोलिन मुनरो,थिसेरा परेरा र रहमात शाहले ७ देशमा गएर क्रिकेट खेलेका छन् । त्यस्तै सर्वाधिक टिमबाट खेल्ने खेलाडीको रुपमा समेत सन्दीप, क्रिस गेल र कोलिन इनग्राम सहित दोस्रो स्थानमा रहेका छन् ।

सन्दीपले हङकङ, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, वेष्ट इन्डिज, क्यानडा र अष्ट्रेलियाका फ्रेन्चाइज लिग खेलका छन् । त्यस्तै टि-ट्वान्टीमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सुचिमा समेत सन्दिप ९ सय ८५ बल बलिङ गर्दै स्थानमा छन् । उनले गरेका छन् । सन्दिप भन्दा अघि अफगानिस्तानका कप्तान राशिद खान रहेका छन् । राशिदले १३ सय ५५ बल बलिङ्ग गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु