अस्ट्रेलिया र श्रीलंकाबीचको तीन खेलको टी–२० सिरिज अस्ट्रेलियालाई

एजेन्सी । अस्ट्रेलियाको घरेलु मैदानमा जारी अस्ट्रेलिया र श्रीलंकाबीचको तीन खेलको टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ। बुधबार दोस्रो खेलमा जित निकालेसँगै अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको हो।

अस्ट्रेलियाले आफ्नो घरेलु मैदानमा पहिलो पटक श्रीलंका विरुद्धको टी–२० सिरिज कब्जा समेत गर्‍यो ९ विकेटको शानदार जित निकाल्ने क्रममा अस्ट्रेलियाका लागि डेभिड वार्नर र स्टीभ स्मिथले ११७ रनको शानदार सतकीय साझेदारी गरे।

ओपनर तथा कप्तान एरोन फिन्च शुन्य रनमा आउट भएपनि दुई भेट्रान स्टारले अविजित साझेदारी गर्दा श्रीलंका निरिह रह्यो। वार्नरले ४१ बलमा ९ चौका प्रहार गर्दे ६० रनको योगदान दिंदा स्मिथले पनि ३६ बलमा ६ चौकाको मद्दतमा ५३ रनको अर्धसतकीय इनिङ खेलेका थिए। त्यसअघि अस्ट्रेलियाविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंका १९ ओभरमानै अलआउट हुँदै ११७ रनमा समेटियो।

उसका लागि कुनैपनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन्। श्रीलंकाका लागि कुशल परेराले २७ रन तथा धनुस्का गुनाथीलकाले २१ रन जोड्नू सर्वाधिक रह्यो। श्रीलंकालाई कमजोर स्कोरमा समेट्ने क्रममा अस्ट्रेलियाका बिल्य स्टेनलक, पाट कुमिन्स, अस्टन अगर र आदम जम्पाले समान २–२ विकेट लिएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु