अस्ट्रेलियामा कार्गो जाँचमा कडाइ, गुन्द्रुक,सुकुटी, तामा,मस्यौरा ल्याए भिसा नै रद्द

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा एक भियतनामी यात्रुले बिना जानकारी मासुलगायत अन्य खाद्यान्न सामग्री ल्याएपछि अध्यागमन विभागले भिसा रद्द गरी आफ्नो देश फिर्ता पठाएको छ । सिड्नीमा बस्दै आएकी ४५ वर्षीया भियतनामी महिलालाई १० किलो स्क्विड, बट्ट्याईं र करिब पाँंच किलो सुँगुरको मासु अनि केही अण्डा अध्यागमन विभागको जानकारी नदिइ अस्ट्रेलिया लिएर आएको भन्दै उनको भिसा रद्द गरेको हो ।

अष्ट्रेलियाका संघीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले यो घटनालाई पुष्टि गर्नुभएको छ । मन्त्री मकेञ्जीका अनुसार जैविक सुरक्षाको तालिम पाएको र सुकी नाम गरेको एक कुकुरले उक्त पकाएको सुंगुरको मासु ल्याउने ती महिलालाई पहिचान गरेको थियो । परिवारका लागि आफूले मिष्ठान्न पकवान लिएर आएको बताउने ती महिलाले भने आफूले जानिबुझी गल्ती नगरको बताए पनि अष्ट्रेलियाले फिर्ता पठाएको हो ।

‘यदि तपाईं अफ्रिकाका स्वाइन फ्लू फैलिएको राष्ट्रबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने, तपाईंलाई सतर्कतापूर्वक निगरानी गरिन्छ’, मन्त्री मकेञ्जीले क्यानबेरामा सञ्चारकर्मीसमक्ष भन्नुभयो । सुंगुर प्रजातिका पशुमा लाग्ने सरूवा रोग अस्ट्रेलियामा हालसम्म नदेखिएको र भविष्यमा पनि यहाँ आउन नदिन आफूहरू दत्तचित्त भएर लागेका कारण बिना घोषणा मासु लगायतका खाद्य पदार्थ बोकेर आउने यात्रुलाई कडा कारबाही हुने मन्त्री मकेञ्जीले प्रष्ट पार्नुभयो ।

‘तपाईं अस्ट्रेलिया आउँदै हुनुहुन्छ र छोरो छोरीको आग्रह र माया ममतामा परेर प्रतिबन्धित खाद्य पर्दाथ ल्याउनु भएको छ भने तपाईंको भिसा समेत रद्द हुनसक्ने छ’ भन्दै सम्बन्धित निकायले स्पष्ट पारेको छ । नेपालबाट समेत अभिभावक आउँदा गुन्द्रुक, सुकुटी, तामा र मस्यौरा जस्ता खाद्य पर्दाथ ल्याउन निकै कडाइ गरिएको छ । बिनाघोषणा ल्याएमा जरिवाना समेत गरिएको छ । छिमेकी पूर्वी टिमोरमा देखापरेको सरूवा रोगलाई अष्ट्रेलिया आउन नदिन डार्विन आउने विमानमा सवार मानिस र कार्गो जाँचमा कडाइ गरिएको हो

Comments

comments

सम्बन्धित शिर्षकहरु