के साँचो अर्थमा हामीले देवकोटालाइ सम्झिएका छौँ त??

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

हामीले संसारभर लक्ष्मी जयन्ती मनाउँछौँ,विभिन्न कार्यक्रमहरु गर्छौँ,कविता वाचन गर्छौँ,भब्य कार्यक्रम गर्छौं,के साँचो अर्थमा हामीले देवकोटालाइ सम्झिएका छौँ त? देवकोटाका कृतिलाई अन्तर्राष्ट्रिय बजारमा लैजान जरुरी छ,उहाँका थूप्रै कृति अँग्रेजी साथै विभिन्न भाषामा अनुवाद हुन जरुरीछ,कम्तिमा अनुज पुस्ताले देवकोटाका कृति पढ्न जरुरी छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा पछि हाम्रो पुस्ता कहाँनेर छ? के अहिलेको पुस्ताले साँच्चै कविता लेखेको छ त ?

संसारभर छरिएर रहेका नेपालीहरु आ-आफ्नो छातीमा सानो देश नेपाल टाँसेर बाँचेका छन,त्यो सानो देश भित्र संस्कृती,संस्कार भाषा र साहित्य पनि बाँचेको छ।”हामीले टेकेको भूगोल भिन्न भिन्न किन नहोस हाम्रो संस्कार र संस्कृती छिन्न भिन्न नहोस” यहि संस्कार,संस्कृती ,भाषा भित्र नेपाली साहित्य बाँचेको हो त्यसभित्र महाकविको कृति बाँचेको हो। हाम्रा अनुज पुस्तालाई संस्कार,संस्कृती ,भाषा,साहित्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा बुझाउन सकेनौँ भने हामी भित्रको जीवन सकिनेछ।

देवकोटा पछिका अर्को देवकोटाको रुपमा आफ्नो महाकाव्य “धरा”मा देश खोज्दै हिँड्ने कवि डा. नवराज लम्साल महाकविको बाटोमा म देख्दछु। “कर्ण” र “धरा” जस्ता उच्च कोटिका महाकाव्य अहिलेको पुस्ताले पाएको छ,डा. लम्सालका यी  कृति देशको निम्ती र हाम्रो पुस्ताको निम्ती अमुल्य उपहार हो। केही समय अघि डा. लम्सालले भनेको सम्झन्छु कवितामा चिन्ता होईन चिन्तन हुनु पर्दछ।डा. लम्सालले राख्नुभएको आफ्नो विचार जस्ताको त्यस्तै राख्न मन लाग्यो “कुनै वाद, दर्शन, सिद्धान्त, घोषणा र प्रभावको घेराभन्दा माथि बस्नुस् र आँखामा मान्छेमात्र राख्नुस् । त्यो मान्छेमाथिको अर्जुनदृष्टिमा आफैँ आउँछ मान्छेको भूगोल, इतिहास, संस्कृति, जीवनशैली, बाँचेको समय र जिन्दगीको रङ । कविले कसैको जीवनलाई रङ दिने होइन, भएको रङ देखाइदिने हो ।”यी हरफ लम्सालका हुन ।हामीले माथिका यी हरफ बुझ्न सक्यौं भने चिन्तन लेख्न सक्छौं वास्तविक जीवन लेख्न सक्छौँ र साँचो अर्थमा श्रष्टाहरुको जन्मजयन्ती मनाएको ठहर हुन्छ भन्ने लाग्दछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु