सिड्नीमा महाकवि देवकोटाको जन्म जयन्ती मनाईयो:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २७ अक्टुवर २०१९ आइतबार सिड्नीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाईएको छ।सो कार्यक्रममा  महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको शुरुवाद गरिएको थियो भने कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले सभा अध्यक्षको भुमिका निर्वाह गर्दै महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । साथै उनले  देवकोटाकै “पागल” शीर्षकको कविता वाचन गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) ले महाकवि देवकोटा स्वच्छन्दतावाद र परिवर्तनको निम्ती उहाँको कलम चलेको साथै उहाँ महामानवको रुपमा रहनुभएको बताउनु भयो। उहाँले देवकोटालाई समर्पित गर्दै सुन्दर कविता वाचन गर्नुभएको थियो। यसै गरि अनेसास केन्द्रकी सदस्य सानु घिमिरेले पनि देवकोटालाई सम्झँदै कविता वाचन गर्नुभएको थियो। सो कार्यक्रममा न्यू साउथ वेल्स अष्ट्रेलियाकी उपाध्यक्ष ममता तिवारी,सचिव प्रविण टन्डन,डा.रामचन्द्र अधिकारी,प्रतिज्ञा अधिकारी,तुल्सा पान्डे,खेमराज पंगेनी,शान्ता सिटौला,उद्दव थापा,हिमाल पोखरेल,नेत्र पौडेल,डा. प्रकाश पौडेल,प्रज्ञा पनेरु,लगायतले सुन्दर रचना वाचन गर्नुभएको थियो।

सो कार्यक्रमा नेपाली समुदायका अगुवा समाजसेवी पदम शाक्य,एभ्ररेष्ट कम्युनिकेसनका  प्रोप्राईटर युवराज भट्टराई,हिमालयन रेडियोका प्रमुख टिका कार्कि,नवलपुर समाज अष्ट्रेलियाका अध्यक्ष खेमराज पंगेनी, लन्डन नेपाल न्युज बाट तक्दिर अधिकारी लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।साथै सोहि कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी पूर्व संयोजक प्रतिज्ञा अधिकारीलाई अनेसासको आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो ।कार्यक्रमको अन्तिमचरणमा तिहारको शुभकामना आदान प्रदान सहित देउसी भैलो समेत खेलिएको थियो भने गायीका तुल्सा पान्डेले भैलेनी वोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकीथिईन।

विभिन्न संघ संस्थाहरुबाट आउनुभएका साहित्य अनुरागि महानुभावहरु प्रति  कृतज्ञ व्यक्त गर्दै कार्यक्रमका सभा अध्यक्ष  शर्माले धन्यबाद दिएका थिए। कार्यक्रमको संचालन संस्थाका सचिव प्रविण टन्डनले गरेका थिए।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु