योग,ध्यान र साधनामा जम्दै अस्ट्रेलियामा सकियो दशैको रौनक,प्रतिक्षामा दिपावली

काठमाडौं । अस्ट्रेलियामा यस पटकको दशैको रौनक छ्ट्टै रहेको थियो । विगतका झै दशैं मनाईएपनि यस पटक भने योग,ध्यान र साधनामा जम्दै अस्ट्रेलिया दशै मनाईएको थियो । आफु भित्रको दुर्गुणलाई जितेर आँफैं माथि विजय प्राप्त गर्ने साधनाको महत्व बोकेको पर्व दशैंलाई विगत वर्षमा झैं विदेशीहरुले यसपालि पनि मनाए ।

यसै क्रममा नेपाल प्रेम्री अस्ट्रेलियाली र योग प्रेम्री विदेशी साधक साधिकाले अस्ट्रेलियामा नेपाली रित अनुसार टिका , जमारा लगाएका छन्। अस्ट्रेलियाको पहिलो नेपाली योग प्रशिक्षक तथा उत्प्रेरक आचार्य राजन शर्माको हात बाट टिका तथा प्रसाद ग्रहण गर्दै उनिहरुले यसपटक पनि योग , ध्यान र साधनामा जम्दै दशैं मनाएको अस्ट्रेलियाली योग शिक्षिका सिन्डी असनेपालन्युजलाई बताउंछिन्। नेपालहिरुले मनाउदै आएको दशैकोे लागि अस्ट्रेलियाका प्रधानमन्त्री पनि शुभकामना दिनु भएको थियो ।

विभिन्न शहरमा बसेका नेपालीहरले अभिभावकसँग बसेर दशै मनाएका थिए भने विभिन्न स्थानमा जमरा समेत वितरण गरिएको थियो । नेपाली योग प्रशिक्षक तथा उत्प्रेरक आचार्य राजन शर्माले नेपाली,विदेशी साधक साधिका टिका, जमरा लगाईदिएर यसपर्वलाई विदेशी सामु समेत पुराउनु भएको छ ।

अस्ट्रेलियामा रहेका नेपालीहरुले अस्ट्रेलियाका विभिन्न मठ मन्दिरमा गएर पनि दशै पर्व मनाएका थिए । अस्ट्रेलिया बढ्दै गएको ध्यान, साधना, योगलाई महत्व दिने नेपालीहरुको लागि नवरात्रीलाई लक्षित गर्दै सिड्नी ध्यान साधना शिविर सम्पन्न भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु