निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना फक्राउ

काठमाडौं । ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मिर्गाैला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन् ।

पत्रकार सम्मेलनमार्फत बुधबार ब्युरोले घटनाबारे जानकारी गराएको हो । उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गाैला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गाैला लामालाई प्रत्यारोपण गराइएको थियो । थपलियाका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए ।

तीन महिनाअघि भएको सो घटनाबारे सूचना पाएपछि एक महिनायता प्रहरी अनुसन्धानमा जुटेको थियो । घटनाबारे अनुसन्धान भइरहेकाले मिर्गौला कसको झिकिएको हो ? भन्नेबारे प्रहरीले खुलाएको छैन । मिर्गौला दिने व्यक्ति र लिने व्यक्ति आफन्त हुनुपर्छ र स्वीकृतिको कागजात तयार भएपछि मात्र मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढ्छ । आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको प्रहरीको जिकिर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु