एयरपोर्टमा दादागिरि देखाउने अष्ट्रेलियनका एनआरएनए प्रतिनिधिलाई ५० हजार जरिवाना

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा भाग लिन नेपाल आउने क्रममा एयरपार्टमा दादागिरि देखाएको भन्दै पक्राउ गरिएका अष्ट्रेलियन नागरिक रमेश थापालाई प्रहरीले ५० हजार रुपियाँ जरिवाना गरेको छ भने उनलाई उक्साउने महिलालाई २५ हजार जरिवाना गरेको छ । गैरआवासीय नेपाली प्रतिनिधिको रुपमा विश्व सम्मेलनमा भाग लिन नेपाल आएका उनी असोज २६ गते पक्राउ परेका थिए ।

विमानस्थलका सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको र काउन्टरको शिशा तोडफोड गरेको आरोप प्रहरीको छ । थापाले भने भिसा दिन विमानस्थलमा चार घण्टा लगाएको र चाँडै गर्नुभन्दा प्रहरी लगाएर थुनाएको बताउँदै आएका छन् । अध्यागमन विभागले भने रमेश थापा नाम गरेको अष्ट्रेलियन नागरिकले विमानस्थलका कर्मचारीलाई अपशब्द प्रयोग गरेको, सम्झाउँदा पनि नमानेको र कर्मचारीले काम गरिरहेको टेबुलको शिशा तोडफोड गरेपछि प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले ५० हजार रुपियाँ धरौटी लिएर छाडेको हो । पक्राउपछि एनआरएनए नेताहरुले उनलाई रिहाई गर्न दबाब दिएका थिए । विभागले भने उनले विमानस्थलमा उनले क्षति पुर्याएका र दादागिरि देखाउँदै कानुन हातमा लिएकाले धरौटी लिएको बताएको छ । थापालाई उक्साउने उनैसँगै आएकी एक महिलालाई पनि विभागले २५ हजार जरिवाना गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु