पहिलोपटक ठूलो संख्यामा सहसचिव र उपसचिव पदको विज्ञापन आह्वान (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ। आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो। आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ। आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ।

त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ। मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो। यससँगै २ वर्षदेखि अवरुद्ध हुँदै आएको प्रक्रियाले निरन्तरता पाउने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु