एनआरएनए प्रतिनिधिले काठमाडौंका तारे होटलहरु भरिभराऊ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुदैंछ। राजधानीको हायत होटलमा तीन दिनसम्म चल्ने नवौं विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व समेत चयन गर्ने छ। सम्मेलनमा भाग लिन विश्वका ५० भन्दा बढि देशबाट तीन हजारभन्दा बढी प्रतिनिधिहरु काठमाडौं आएका छन् । अहिले काठमाडौंका तारे होटलहरु एनआरएनएले भरिभराउ छन्।

सम्मेलको राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विश्व सम्मेलनमा आर्थिक समृद्धिका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग बहस गर्ने कार्यतालिका रहेको छ।

‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ शुरु हुने विश्व सम्मेलनको समापन समारोहमा भने प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली छन्। मुख्य आयोजक नेपाल सरकार रहने सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघले समेत सहकार्य गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । ‘सम्मेलनका सम्पूर्ण तयारी पुरा भएको छ । विश्वभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन्,’ अध्यक्ष भट्टले भने।

सम्मेलनमा अध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्नुका साथै आर्थिक, सांगठनिक प्रतिवेदन पनि पेश हुनेछ । यस्तै सबै राष्ट्रिय समन्वय परिषद्को एकमुष्ट कार्यप्रगति सम्बन्धित क्षेत्रिय संयोजकहरुले प्रस्तुत गर्नेछन्।

सम्मेलनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुदैं छन् । नेतृत्व चयनका लागि हुने निर्वाचन करिब ४ घण्टामै सक्नेगरी निर्वाचन कमिटीलाई निर्देशन दिइएको छ।

अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको महाधिवेशन सम्पन्न भई अन्तर्राष्ट्रिय महाधिवेशन मतदान अधिकार सहितका प्रतिनिधिहरु चयनको कार्य भएका छन्।

विश्व सम्मेलनमा भग लिन मध्यपूर्व, मलेशिया, अफ्रिकाका गैरआवासीय नेपालीहरु र नेपाल भित्रका इच्छुक नेपाली नागरिकहरुको लागि १०० अमेरिकी डलर र यस बाहेक गैरआवासीय नेपालीहरुका लागि २०० अमेरिकी डलर प्रतिनिधि शुल्क तोकिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु