एनआरएनएका अध्यक्ष उम्मेदवार आचार्यको १०बुँदे कार्ययोजना सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष उम्मेदवार कुल आचार्यले १०बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । वर्तमान केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले अक्टोबर १५ देखि १७ सम्म काठमाडौमा हुने नवौँ सम्मेलनमार्फत् संस्थाको नेतृत्व गरेर नेपालको समृद्धिको लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने योजना अघि सारेका हुन् ।

आचार्यले सोमबार पत्रकार सम्मेलन गरी हालसम्म ६ कार्यकाल बिताएको उल्लेख गर्दै अब नेतृत्वका लागि तयार भएको बताए । उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ६बुँदे कार्ययोजना पनि सार्वजनिक गरेका छन् । जसमा पसिना फण्ड नामक कोषमा रकम जम्मा गरेर आकर्षक लगानी गर्ने, दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोष दोब्बर गर्नेलगायतका छन् ।

त्यस्तै नेपालीलाई नागरिकताको आधारमा छुट्टै पासपोर्टका लागि पहल गर्ने, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, धेरै मुलुकहरुसँग द्वि–पक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति सम्झौता गर्न संस्थागत पहल गर्ने समेत बताए ।

आचार्यले नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन पहल गर्ने, भिजन २०२० एण्ड बियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लैजाने, आगामी दुई वर्षभित्र सदस्य संख्या कम्तिमा एक लाख पुर्‍याउने लगायतका छन् ।

उनले नेपालको समृद्धिको यात्रामा एनआरएनएको लगानी अपरिहार्य रहेको बताउँदै कुनै हरतरहले सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु