चिन्ता मुक्त्त गराउंने महान वाणिहरु!सफल जीवनका लागि सुखसूत्र ! (भिडियो सहित )

चिन्ता मुक्त्त गराउंने महान वाणिहरु!सफल जीवनका लागि सुखसूत्र !

  • मान्छे मर्दा मलामिहरु ‘विचरा मरेछ’दोहोर्याइ रहन्छन्! तर आफू पनि त्यहि विचराको लाइनमा छु भन्ने चैं भुलिरहन्छ्न्!~सुखसूत्र पुस्तक।
  • जब सम्म पैसाले किन्न नसकिने वस्तुहरू आफुमा हुंदैनन्, तब सम्म जति सम्पत्ति भए पनि धनीको परिभाषामा नराखेको राम्रो ।~सुखसूत्र पुस्तक
    संसारमा 3 प्रकारका मानिसहरु हुन्छन् । कोहि आफैँ देख्छन् ,कोहि देखाएपछि देख्छन् र कोहि जति देखाए पनि देख्दैनन् ।”~सुखसूत्र पुस्तक
  • दुर्गुण भ्रूणबाटै बोकेर आएको हुँदैन । सङ्गत र सोचकै प्रतिफल हुन् । त्यसलाई नपन्छाइ सफल बन्न सकिँदैन ~’सुखसूत्र’
  • मौन रहंदैमा, “बुद्दु हो”भनेर सम्झनु गलत हो, मान्छे विज्ञ भएकै कारणले पनि उचित समय सम्मका लागि मौन बसेको हुनसक्छ ~सुखसूत्र पुस्तक
    सुन्नेलाई सुनाउंनुस् , नसुन्नेलाई पनि धन्यवाद दिनुहोस् , तर सत्य र अनमोल यथार्थ बोल्न कहिल्यै नहिच्किचाउंनुस् ~ सुखसूत्र !
  • संसारको सबैभन्दा सुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै! यसलाई त केवल हृदयबाट अनुभूत गर्नुपर्दछ । ~ सुखसूत्र
  • समाजमा नयां काम गर्नुहोस् , आलोचना अवश्य वर्षिन्छ तर नआत्तिनुस् त्यहि आलोचनाको जगमा सफलता र सन्तुष्टिको महल बनाउंनुस्। ~सुखसूत्र
    दुनियाँंले दिएको सारा पहिचान र परिचय राम्रो हो!, तर त्यो भन्दा अधिक गुणा राम्रो आफुफित्र आँफैंले भेट्ने परिचय नै हो~सुखसूत्र
  • तपाईं ढिलो हुनुभयो, केही छैन, नायकहरु अन्त्यमै आउँछन् तर अर्को पटक भूमिका बदल्नु होला ~सुखसूत्र
  • सफलता देखेर जल्ने हैन , आफ्नैं जीवनलाई बदल्ने हो । निरास हुनु छैन हरेकको दिन अवश्य आउंनेछ ~”सुखसूत्र”पुस्तक

जीवनलाई चिन्तामुक्त्त गराई सफल बन्न सघाउंने पुस्तकबाट यी हरफहरु सभार गरिएका हुन्। हजारौं -हजार पाठकको मन जित्न सफल चर्चित पुस्तक सुखसूत्र पुस्तक आचार्य राजन शर्मा हुनुहुन्छ ।

यी र यस्तै उर्जाशिल बाणिसहितको संगालोको भिडियो हेरेर जीवनलाई नयाँं मोड दिन सहायता मिल्न सक्ने छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु