चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज,मुख्य खानामा नेपाली खाना समावेश गरिएन्,यस्तो छ मेनु

काठमाडौं । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको स्वागतमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी हुन् । हाेटेल साेल्टीमा भएकाे रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । सीलाई सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । उनलाइ कुरिलो र क्वाँटीको रस तयार पारिएको छ ।

मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफी पनि राखिएको छ । रात्रिभोजको मेनुमा मोमो र साँधेको भटमास समावेश गरिएको छ । स्टार्टरको रूपमा शीलाई मोमोको साथमा लुक्ला सिमीसँग साँधेको भटमास दिइने मेनुमा उल्लेख छ । शीलाई स्टार्टरपछि सुपका रूपमा कुरिलो र क्वाँटीको रस पनि सर्भ गरिने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु