इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्री आबी अहम्मद अलीलाई प्रदान गरिने भएको छ। नर्वेको राजधानी ओस्लोमा १००औँ नोबेल शान्ति पुरस्कार विजेता स्वरुप आबी अहम्मदको नाम घोषणा गरिएको हो।

बीबीसीका अनुसार शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन अलीले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो। सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु