समय व्यवस्थापनको उत्तम तरिका र सफलताको शक्तिशाली उत्प्रेरणा (भिडियो)

अष्ट्रेलिया । “समय व्यवस्थापन गर्न जाने जिन्दगी हुन्छ मस्त,समय व्यवस्थापन गर्न नजाने जिन्दगी हुन्छ अस्तव्यस्थ” । यो महत्वपूर्ण भनाई योगगुरु ‘आर्चाय राजन शर्मा’को । विभिन्न देशलाई तीन पटक परिक्रममा गरेर विभिन्न ठाँउमा योग, ध्यान,उत्प्ररणा शिविर सञ्चालन गर्दै आईरहनु योग गुरुलाई नचिन्ने नेपाली जगत त कमै होलान उहाँ विदेशीहरु माझ पनि लोक प्रियपात्र हुनुहुन्छ ।

विभिन्न देशको नेपाली बस्तीरहेको समुदायका मात्र नभई अन्य समुदायमा पनि उहाँले योग, ध्यान,उत्प्ररणा शिविर सञ्चालन गर्दै आउनु भएको छ । ‘युवटुव’मा समेत उहाँले जिवन परिवर्तनको लागि विभिन्न विषयको उठान गर्दै सत्सङ, उत्पेरणाको भिडियो पोष्ट गदै आईरहनु भएको छ । युवटुव’मा उहाँको भिडियोले लाखौंं-लाख युवायुवतीको मन जितेको छ भने सामाजिक सञ्जालमा २० औ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

जसले युवा पुस्तामा एक न एक दिन जागारण ल्याउने उहाँको दाबी रहेको छ । १ दिनमा जम्मा २४ घण्टामात्रै हुन्छ । त्यसमा पनि एकचौथाइ जति समय हामी सुत्नमा खर्च गर्छौं । बाँकी भएको समयको केही हिस्सा खानपिन, पढाइ, यताउता हिड्ने लगायत काममा खर्च हुन्छ ।

दिनभरिमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन्, तर समय भने उति नै हुन्छ, दिनरात गरेर २४ घण्टा । कहिलेकाँही त काम पनि यति धेरै हुन्छ कि हामीलाई खाने, बस्ने र आराम गर्ने समेत फुर्सद हुँदैन । तर, थोरै समयकै कारण आफूले गर्नैपर्ने काम गर्न नसकेर पछाडि पर्नु भने हुँदैन ।

संसारमा सफल भएका व्यक्तिहरूले सङ्घर्षका दिनमा आफ्नो समय कसरी व्यवस्थापन गरेका थिए र सफलता हात पारेपछि पनि समयकोे व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने थाहा पाउँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ । उहाँको यो भिडियोवाट प्रस्ट पारिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु