कप्तान पारसको शतकसँगै सिंगापुरविरुद्ध नेपालको शानदार जित

काठमाडौं । कप्तान पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए ।

आक्रामक पारी खेलेका पारसले ५२ बलमा १ सय ६ रनको पारी खेले। उनले ७ चौका र ९ छक्का प्रहार गरे। यो नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो। नेपाली क्रिकेटको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको पनि शतक पनि पारसकै नाममा छ। गत जनवरीमा यूएईविरुद्धको एकदिवसीय शृंखलामा पारसले ओडिआईमा नेपालका लागि पहिलो शतक प्रहार गरेका थिए।

पारसँगै आरिफ शेखले ३९ रनको पारी खेलेपछि नेपालले सिंगापुरविरुद्ध सहज जित हात पारेको हो।
पारसले छक्का प्रहार गर्दै ४९ बलमा शतक १०० रन पूरा गरेका थिए। त्यसअघि उनले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले निधारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। उसका टिम डेविडले ४४ बलमा ६४ रनको इनिङ खेलेका थिए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै सिंगापुरका चन्द्र मोहनले ३५ तथा जनक प्रकाशले २५ रन जोडे।

नेपालका कारण केसीले २ तथा सुसान भारीले १ विकेट लिए। करणले ४ ओभरमा ३४ रन खर्चिए। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेपनि कुनै विकेट लिएनन्। सिंगापुर क्रिकेटले आयोजना गरेको जारी त्रिकोणात्मक शृंखलामा नेपाल, जिम्बाबे र सिंगापुर खेल्दैछन्। सबै टोलीले एक अर्काबीच दुई दुई वटा टि-२० खेल खेल्नेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु