अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको हो । उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ । लुजियाना युनिभर्सिटीका नेपाली विद्यार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट ‘गो फन्ड’ खोलेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु