पर्यटन मन्त्री झुक्याउने गरि वायुसेवा संचालकको जेष्ठ नागरिक छुट सुविधामा राखियो शर्तै शर्त

काठमाडौं । वायुसेवा संचालक संघले जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिने भएको छ । यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ३ महिना भित्रै उक्त निर्याणय कार्वान्वयन गराउन निर्देशन दिएको थियो ।

संघको बिहीबार बसेको साधरण सभाको बैंठकले आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष माथीका विपन्न नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिएका छन । यस अघि मन्त्रीको उक्त निर्णयलाई आत्मसाथ गर्दै नेपाल वायुसेवा निगम र श्री एयरलाईन्सले ५० प्रतिशत छुट दिने बताईसकेका छन ।

हवाई टिकटमा छुट पाउन भने आफु स्वयम कम्पनीको कार्यालयमा आई विपन्नको स्व घोषणा गर्नु पर्ने छ । साथै संघका अनुसार यो सुविधा हरेक उडानमा २ जनाले मात्र प्राप्त गर्न सकिन्छ । उक्त सुविधा भने घटस्थापना देखि मात्रै लागु हुने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु