एटिएम बुथमा चाैबिसै घण्टा सुरक्षा गार्ड राख्‍नुपर्ने व्यवस्था

काठमाडौं । एटिएम बुथ असुरक्षित हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको एटिएम बुथमा चाैबिसै घण्टा सुरक्षा गार्ड राख्‍नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम बढेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

यसैगरी, एटिएम बुथमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेका पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउनसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ।

त्यसैगरी, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा हुने ह्याकिङ रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन र संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा तत्काल त्यसबारे जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु