नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो

अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक मामिला मन्त्रालयले नेपाललाई लेभल टुबाट तल झारेर लेभल थ्रीमा राखेपछि उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलिया यात्रा अब भने केहि मुस्किल बन्ने भएको हो ।

लेभल थ्रीमा झर्नु भनेको नेपाली विद्याथीहरुलाई भिसामा कडाई गर्ने सन्देश हो । ‘नेपाललाई लेभल थ्रीमा झारेपछि अब भिसामा केहि कडाई हुने, फाइनान्सियल डकुमेन्ट र अन्य कागजातहरुमा कडाई हुने, भिसाको संख्या पनि घट्ने विज्ञहरुले बताएका छन् ।

नेपालसँगै भारत र पाकिस्तानलाई पनि अष्ट्रेलियाले लेभल थ्रीमा झारिदिएको छ । नेपालबाट बर्षेनी १५ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गैरहेका छन् । हालसम्म उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा अष्ट्रेलिया रहँदै आएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु