अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत

अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि दशैंको टीकाको साइत निकालेको छ । समितिले भारत, अमेरिका, बेलायत, क्यानडा, जापान, क्यानडा, अष्ट्रेलिया लगायका मुलुकहरुका लागि लागि स्थानीय समयअनुसार टीकाको साइत निकालेको छ । विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर टीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने टीकाको साइतका लागि केही सहज हुने भएको छ ।

नेपालमा टिकाको उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा भएपनि विभिन्न देशमा बस्ने नेपाली समुदायको लागि फरक फरक समयको साईत सार्वजनिक गरेको हो । अष्ट्रेलिया तीन शहर सिड्नीमा ८ अक्टोवरका प्रात ८: ०५ मा रहेको छ भने मेलब्रनमा ८ः२१ र ब्रिससेनको साइत प्रात ९ मा रहेको छ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले पनि विभिन्न शहरहरुको लागि दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

जुन दशैंको टीकाको उत्तम साइत यस प्रकारको रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु