नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौंता,के-के विषयमा भयो सम्झौता ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बैचारिक लगायत सहयोग आदान प्रदान गर्नेबारे सम्झौता भएको छ। काठमाडौंस्थित मेरियट होटलमा मङ्गलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सम्झौता भएको हो।

सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन्। औपचारिक रुपमा सम्झौतापत्रमार्फत दुवै पार्टी जोडिएको यो पहिलो पटक हो।

सम्झौता पत्रमा हस्ताक्षर गर्न तथा बिचार आदानप्रदान गर्नका लागि नेकपा विदेश बिभागकोे निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वमा एक टोली काठमाडौं आएको थियो। नेपालको कम्युनिस्ट आन्दोलन र चिनियाँ कम्युनिस्ट आन्दोलनसहित ‘सि जिङ पिङ’ बिचारधारा सबन्धी दुई दिने अन्तक्रिया कार्यक्रममा समेत सहभागि हुन आएको टोलीले मंगलबार विशेष समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई हस्तान्तरणसमेत गरेका छन्।

चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताए पनि सोमबार र मंगलबार भने दुई दिने अन्तक्रिया गरिनेछ। अन्तक्रियाको पहिलो सत्रमा नेकपाका अध्यक्षद्वोय ओली र दाहालले सम्बोधन गरिसकेका छन् भने मंगलबार ४ वटा सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका बारेमा छलफल हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु