कांग्रेस सभापति देउवालाई राष्ट्रपतिले अपमान गरेको भन्दै तरुण दल सडकमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमर्यादित बोलेको भन्दै कांग्रेसनिकट तरुण दलले विरोध कार्यक्रम आयोजना गरेको छ ।आइतवार दिउँसो राजधानीस्थित माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरिएको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताए । एउटै मंचमा उपस्थित भएका कांग्रेस सभापति देउवा बोलेको नबुझिएको भन्दै र राष्ट्रपति भण्डारीले अपमान गरेको आरोप तरुण दलले लगाएको छ । शुक्रवार राजधानीको राष्ट्रिय सभागृहमा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएकी राष्ट्रपति भण्डारीले मंचमा वक्ताले बोलेको केही नबुझिएको टिप्पणी गरेकी थिइन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु