एडेलेडमा उत्प्रेरणात्मक शिविर:उत्साह र उमंगजुरुक्कै बन्यो समुदाय (फोटोफिचर/भिडियो )


आनन्द बख्रेल , असनेपालन्युज-अष्ट्रेलिया(एडेलेड) । मानिसलाई शान्ति र प्रेम बाँड्न सकियो भने उनिहरु बीचमा एकता बढ्दै जानेछ । राजनीति, अन्य रङका द्धन्द र विवेकहरु समाप्त हुनेछन् । यसै क्रममा अष्ट्रेलियाको ऐडेलेडमा विशेष रुपमा उत्पेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । जीवन जनजागरण तथा उत्पेरणात्मक कार्यक्रममा एडेलेडका विभिन्न संघ-संस्था तथा विभिन्न तह-तप्काका व्यक्तिहरुको सहभागि रहेको थियो ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको आयोजना तथा नेपाली भजन र्कितन समूह र गैर आवसिय नेपाली संघ (एनआर एनए) एडेलेडको संयोजनका कार्यक्रम भएको हो । गैर आवसिय नेपाली संघ एनआर एनए,विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज (GSPSS) तथा नेपाली भजन र्कितन समूहको संयुक्त रुपमा सो उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

अष्ट्रेलिया प्रवेश गरेका नेपाली विद्यार्थीहरुमा आएको तनाव,विभिन्न समस्या कौतुहलता व्यवसायीहरुमा आएको तनाव, नकारात्मक भावलाई उठाउने समुदायमा एकता फैलाउने उद्देश्यले गरिएको यो विशेष उत्प्रेरणात्मक कार्यक्रमलाई विश्व-शान्तिदुत तथा सकारात्कम सोचका अभियन्ता, योगगुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा)ले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका पदाधिकारी, विद्यार्थी तथा विभिन्न राज्यवाट आउनु भएको पदाधिकारिहरुको समेत सहभागिता रहेको थियो । कहिले तालिको फोहराले कहिले उत्साह र उमंगले आर्चाय राजन शर्माको कार्यक्रमलाई सहभागि जनाई रहेको केहि सहभागीहरुले मानिसहरु विचमा उत्प्रेरणा, उनीहरु भित्र रहेको दिब्य शक्तिलाई घचघच्याउंन उहाँले विशेष पहल गर्नुभएको थियो ।

पहिलो चरणमा उत्प्रेरणा रहेको थियो भने दोस्रो चरणमा छोटो समयमा नै कसरी मानसिक शान्ति मिल्छ भन्ने योगको आसनहरु प्रदर्शन गर्नुभएको थियो । तेस्रो चरणमा ध्यान र मानसिक शान्ति तथा मष्तिकको क्षमता वृद्धी लगायतका विभिन्न आसनहरु प्रस्तुत गरिएको थियो ।

सो अवसरमा विभिन्न संघसंस्थाका व्यक्तिहरुले कार्यक्रम अत्यन्त प्रभावकारी भएको र यसलाई पटक पटक गरिनु पर्ने धारणा राख्नु भएको थियो । यो कार्यक्रम विश्वव्यापी नै बनाउनु पर्ने उहाँहरुको भनाई थियो । विभिन्न देश तथा विश्वको तीन पटक परिक्रमा गरेर यस्ता कार्यक्रम गरिसक्नु भएका आर्चाय राजन शर्माले आफुले यस्तो  जमघटवाट विशेष प्रेरणा पाएको बताउनु भयो ।

युवाहरुबीच केहि गरौ समाजमा परिवर्तन गरौ,नेपालमा शान्ति र सकारात्मक सोचको प्रवद्धन गरौ,हामी स्वस्थ रहे संसार स्वस्थ रहन्छ, हामी शान्ति रहे संसार शान्त रहन्छ भन्ने उहाँको धारणालाई सबैले प्रशंसा गरेका थिए । यस कार्यक्रममा गैर-आवसिय नेपाली संघ ऐडेलेड(Adelaide) च्याप्टरका संयोजक नविन पन्तले कार्यक्रम अत्यन्त सफल रहेको र यस्ता कार्यक्रमले आगामी दिनका युवा पुस्तालाई कसरी बाँच्न सिक्नु पर्छ भन्ने प्रेरणा दिएको बताउनु भयो ।

कार्यक्रममा एनआरएन ‘आइसीसी’का तर्फवाट अशोक के सी ले सम्पूर्ण समुदायकोलाई यो कार्यक्रम उपयोगी हुने बताउनु भयो । उहाँले आफु यस्तो कार्यक्रममा तेस्रो पटक सहभागि भएको भन्दै यस्तो कार्यक्रम प्रवर्द्दनको लागि सबै समुदाय मिलेर सहयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज (GSPSS) का ऐडेलेड संयोजक आनन्द बख्रेलले छोटो समयमा गरिएको सूचनाको आधारमा पनि धेरै मानिसको सहभागिता रहेको र आगामी दिनमा केहि गर्नुपर्छ भन्ने भावना फैलाएको बताउनु भयो ।

त्यसै गरि उक्त कार्यक्रममा नेपाली भजन किर्तन समूहको तर्फवाट क्षितिज सापकोटाले यस्तो गौरवशाली प्रेरणा, योग र पूर्वीय दर्शनको प्रवद्धन गर्ने कार्यक्रमममा आफुहरु समेत सह आयोजक बन्न पाएकोमा आफुहरु खुशी रहेको र युवापुस्तालाई प्रेरित गर्ने आर्चाय ज्यूको अभियानलाई सहयोग गरिरहेको र गरिरहने बताउनु भयो ।

कार्यक्रमको बारेमा प्रतिक्रिया दिँदै समुदायका अग्रज दिपक विष्ट, पर्थवाट आउनु भएका युवा सचेतन रोमन मानव , लक्ष्मण सापकोटा,रमन, सुपक अधिकारि लगायतले कार्यक्रमको औचित्यता माथि आ-आफ्नो धारणा राख्नु भएको थियो । आर्चाय राजन शर्माले अष्ट्रेलियावाट २ सय जना योग शिक्षकलाई अष्ट्रेलियाली स्तरको तालिम प्रदान गर्दैहुनुहुन्छ भने विश्वभरवाट ५ सय जना तयार पारिरहनु भएको छ ।

जसले गदौ नेपालीहरु आफ्नो शिप र संस्कृति प्रदान गरेरै स्व-रोजगार का लागिआत्मबल गरिरहनु भएको छ र त्यसले सहयोग पुराएको छ । आर्चाय राजन शर्माले उडिरहेको प्लेनमा समेत योगशिविर सञ्चालन गरेर विश्वरेकर्ड समेत कायम गरिसक्नु भएको छ भने विश्वका विभिन्न देशलाई तीन पटक परिक्रममा गरेर त्यसमो योग, ध्यान,उत्प्ररणा शिविर सञ्चालन गर्दै आईरहनु भएको छ ।

‘युवटुव’मा देखिने उहाँको सत्सङ, उत्पेरणाको भिडियोहरुले लाखौंं -लाख युवायुवतीको मन जितेको छ भने सामाजिक सञ्जालमा २० औ लाख भन्दा धेरैले हेरिसकेका छन् । जसले युवा पुस्तामा एक न एक दिन जागारण ल्याउनलाई सहयोग गरेको सहभागिहरु बताउँछन् ।

सो उत्प्रेरणात्मक कार्यक्रमको केहि भिडियो यस्तो रहेको छ , प्रत्यक्ष सहभागि हुन नसक्नु भएकाले पनि यो आवाज बाट लाभ लिन सक्नु हुनेछ ।

थप भिडियो सामग्रिहरु:

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

सम्बन्धित शिर्षकहरु