सभापति देउवाको आक्रोश-‘प्रधानमन्त्री जी तपाईंको राज्यमा को सुरक्षित छ ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जिउधनको रक्षा नगरेर सरकारले आफैँ राज्य आतंक मच्याउन खोजिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले जनताको जिउधनको सुरक्षा गर्ने काममा नलागेर आफै राज्यमा आतंक मच्याउन खोजिरहेको आरोप लगाएका हुन्।

देउवाले आफ्नो पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेको खजुरामा बाँके सभापति किरण कोइराला लगायत नेता कार्यकर्तामाथि सत्तासीन दल नेकपाका कार्यकर्ताले आक्रमण गर्दा पनि दोषीलाई कारबाही नभएको आक्रोश पोखे।

७७ वर्षीया सभापति कोइरालाको सम्मान गर्नु पर्ने ठाउँमा आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गरे–प्रधानमन्त्री जी तपाईंको राज्यमा को सुरक्षित छ ?’

उनले भने,‘७७ वर्ष उमेरकी सभापति कोइरालामाथि आक्रमण गरेर उहाँको हात नै भाँच्ने काम भएको छ। उहाँलाई सम्मान र सुरक्षा दिनु पर्ने आक्रमण हुनु दुःखद छ। सरकार जनताको सुरक्षाभन्दा राज्य आतंक मच्याउन खोज्दैछ।’

उनले कोइरालामािथ आक्रमण भएको एक साता वितिसक्दा पनि दोषीमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै आलोचना गरे।

Comments

comments

सम्बन्धित शिर्षकहरु