फिफा वरियतामा नेपालको फड्को,पाँच स्थान माथि उक्लियो,यी हुन् शीर्ष १५ देश

काठमाडौं । विश्व फुटबल वरियतामा नेपाल एकैपटक पाँच स्थान माथि चढेको छ। पछिल्लो वरियतामा १ सय ६६ औँ स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औँ स्थानमा पुगेको हो। गएको महिना एक स्थान तल खसेर १ सय ६५ बाट १ सय ६६ औँ स्थानमा पुगेको थियो।

नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्षमा रहेको भारत एक स्थान तल झरेर १ सय ४ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ ।

नेपालपछि भुटान १ सय ८५ औँ स्थानमा, बंगलादेश १ सय ८७ औँ, श्रीलंका २ सय २ औँ, र पाकिसतान २ सय ३ औँ स्थानमा छन्।

ad
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ। एक स्थान माथि चढ्दै फ्रान्स दोस्रो स्थानमा पुगेको छ । एक स्थान तल झरेको ब्राजिल तेस्रो स्थानमा छ ।

वरियतामा सबैभन्दा राम्रो सुधार ग्रेनाडाले गरेको छ । १३ स्थान माथि चढ्दै ग्रेनाडा १६० औँ स्थानमा पुगेको हो। यस्तै सबैभन्दा खराब ११ स्थान तल झरेर निकारागुवा १४८ औँ स्थानमा र एस्वाटिनी १५० औँ स्थानमा छन्।

यी हुन् शीर्ष १५ देश

बेल्जियम
फ्रान्स
ब्राजिल
इंग्ल्याण्ड
पोर्चुगल
उरुग्वे
स्पेन
क्रोयसिया
कोलम्बिया
अर्जेन्टिना
स्वीट्जरल्याण्ड
मेक्सिको
नेदरल्याण्ड्स
डेनमार्क
इटाली

Comments

comments

सम्बन्धित शिर्षकहरु