गृहमन्त्रीका भाइ धरौटीमा छुटे,अरु पुर्पक्षका लागि जेल चलान

काठमाडौं । आपराधिक लाभ र संगठित अपराध मुद्दा चलाइएका नरेश थापा १ लाख  धरौटी तिरेर रिहा भएका छन् । बुधबार काठमाडौंका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले धरौटी माग गरेको थियो। थापा गृहमन्त्री रामबहादुर थापाका भाइ हुन् ।

केन्द्रीय कारागारमा रहेका समीरमानसिंह बस्न्यातसँग सम्बन्ध देखिएपछि उनलाई सीआईबीले केही दिनअघि नियन्त्रणमा लिएको थियो । बस्न्यात निर्माण व्यवसायी शरद गौचनको हत्यामा जेल परेका हुन् । उनीसँगको साँठगाँठमा थापा तानिएका थिए । सोही मुद्दाका पवन खड्का, सुरेन नगरकोटी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान चलान गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु